कर उठाउने म्याडम घुस असुल्नमा व्यस्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पछि अर्का भ्रष्ट कर्मचारी समाउने सिलसिला जारी छ । अस्तिमात्र पर्यटन मन्त्रालयका उपसचिवलाई ६ लखा घुससहित रंगेहात पक्राउ गरेको अख्तियारले बुधबार अर्काे एक जना कम्युटर अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
अख्तियारले आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई ३० हजार रुपैंया घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

Advertisement 1

५१ वर्षे विन्दु श्रेष्ठ प्रधानलाई आन्तरिक राजश्व कार्यालय, महाराजगञ्जबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । पाटन सुन्धाराकी ५१ बर्षिया प्रधान २०५२ सालदेखि विभागको कम्प्युटर अपरेटरमा कार्यरत छिन् । उनले सेवाग्राहीलाई अनावश्यक दुःख दिएर घुस मागेको गुनासोपछि आयोगको टोली त्यहाँ पुगेको बताइन्छ । उनले कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका निम्ति आवश्यक प्रक्रिया पूरा गरेर कार्यालयमा गएका सेवाग्राहीसँग घुस लिने गरेको खुलेको छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ श्रावण १९, बिहीबार ०९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry