सशस्त्र प्रहरीका २ डीआईजीको पदावधि थपिने

काठमाडौं। सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपाने र कालीदास धौवजीको पदावधि थपिएको छ।

Advertisement 1

असार ९ गते सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २ डीआइजीको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्ने गरी पदावधि थप्ने निर्णय गरेको हो।

यो निर्णयअनुसार धौवजीको कार्यकाल २०८२ असोज २४ सम्म र न्यौपानेको कार्यकाल २०८२ माघ २९ सम्म थपिएको छ।

प्रकाशित :२०८२ असार १०, मंगलवार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry