काठमाडौं महानगरपालिकाका १ हजार ५५० कर्मचरीहरुको एक तह बढूवा

काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको एक तह बढुवा भएको छ । गत फागुनमा बसेको काठमाडौं नगरपालिकाको विशेष नगरसभाबाट पारित भएको कर्मचारी समायोजन ऐन ०७७ बमोजिम महानगरपालिकामा कार्यरत १ हजार ५५० कर्मचारीहरुको एक तह बढूवा गरिएको हो । मापदण्ड अनुसार,एसएलसी पास भएका कर्मचारीहरूको पाँचौं तहभन्दा माथि बढुवा नहुने तर ग्रेड थप्न मिल्ने व्यवस्था बनाइएको थियो । यस्तै अधिकृत स्तरका कर्मचारी तथा अन्य कर्मचारीहरूको एक तह बढुवा गर्ने निर्णय भए बमोजिम महानगरपालिकामा कार्यरत कर्मचारीहरुको एक तह बढूवा गरिएको हो । यो निर्णयबाट महानगरपालिकामा कार्यरत १ हजार ५५० कर्मचारीहरु लाभन्वित भएका छन् । उनीहरु स्वत एक तहमाथिको पदमा समायोजन भएका छन् ।
जसअनुसार,समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मंगलवार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीवार दिने तयारी कामपाको छ । यसरी कर्मचारी समायोजन गर्दा कामपालाई मासिक ३० लाख ५० हजार आर्थिक दायित्व थपिएको छ ।

प्रकाशित :२०७७ फाल्गुन २६, बुधबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry