एउटै सडक बनाएको देखाएर दुई कार्यालयबाट भुक्तानी
जाजरकोटको नलगाड नगरपालिका ११ मा पर्ने सडक निर्माणका क्रममा एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको पाइएको छ । गत आर्थिक बर्ष २०७९/०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी भएको पाइएको छ ।
Advertisement 1
एउटा नक्कली उपभोक्ता समिति खडा गरी २०८० असार मसान्तमा हतारहतार भुक्त्रानी लिइएको छ ।यो योजना निर्माण भएपछि नलगाड नगरपालिकाले भुक्तानी दिएको छ भने पूर्वाधार विकास कार्यालय जाजरकोटबाट पनि भुक्तानी भएको छ ।नलगाड नगरपालिकाबाट १९ लाख ४० हजार र भौतिक पूर्वाधार विकास कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी भएको छ । दुई कार्यालयबाट भुक्तानी लिएको भेटिएपछि पूर्वाधार विकास कार्यालयले अनुगमनका लागि कर्मचारी खटाएको छ ।
Advertisement 2
सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०७९ (बाह्रौ संशोधन) ले गरेका व्यवस्था प्रतिकुल हुनेगरी उनै उपभोक्ताहरु रहेको समितिबाट एउटै बाटो निर्माणको भुक्तानी दुई सरकारी निकायबाट लिएको पाइएको छ । उपभोक्ता समितिकै एक जना सदस्यले पेटी ठेक्कामा लिएर काम गरेको दुवैतिरबाट भुक्तानी लिएको पाइएकोछ ।स्थानीय तह, प्रदेश र संघीय सरकारको सहलगानीको आयोजना भएमा पालिकाले प्राथमिकता निर्धारण गरी सोही अनुसार डिपिआर गरेर लगानीलाई एकीकृत गरी निर्माण कार्य गर्नुपर्ने कानूनि व्यवस्था रहेको छ ।नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्बाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी दिइएको छ । नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसँग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेमबहादुर सिंह, सचिव प्रेमबहादुर मल्ल र कोषाध्यक्ष विष्णुकुमारी मल्लले सम्झौतामा हस्ताक्षर गरेका छन् ।