११ महिनापछि कुलमानको “कमव्याक”
प्रधानमन्त्री शेरबहादुर देउवाले पम्फा भुषाललाई उर्जामन्त्री बनाएसँगै एउटा चर्चा चलिरहेको छ,नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति । अस्ति सोमबार मन्त्रिपरिषद् बैठक बस्यो,र फेरि हल्ला चल्यो मन्त्रीपरिषद् बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको र हितेन्द्र शाक्यलाई उर्जा तथा जलश्रोत आयोगमा सरुवा गरेको ।
सोमबारको क्याविनेटले विभिन्न आठ निर्णय गर्यो । दश सचिवहरुको सरुवादेखि कर्मचारीको तलमान स्वीकृतसम्म तर कुलमानको नियुक्तिको खबर सार्वजनिक भएका थिएन । सोमबार बेलुकासम्म वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कतै सरुवा भएको थिएन,उनले राजीनामा दिएका पनि थिएनन् । उसो हो भने यो कुलमानवाला फण्डा हो चाहिँ के त ?
Advertisement 1
स्रोतका अनुसार सोमबारको क्याविनेट बैठकमा विभागीय मन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव लगेकी हुन् तर सो प्रस्ताव अस्वीकृत भएको थियो । मन्त्री भुसालले सचिव देवेन्द्र कार्कीलाई शाक्यलाई बरखास्त गरी घिसिङलाई नियुक्ति गर्ने प्रक्रियाको फाइल उठाउन निर्देशन दिएकी थिईन । सचिवले नमाने पनि पछि तिव्र दबाबका कारण फाइल उठाएर मुख्यसचिव शंकरदास बैरागीसमक्ष पेश गरिएपनि उनले उक्त प्रस्ताव फिर्ता भएको थियो । अस्तिको क्याविनेटमा मन्त्रीले ठाडो प्रस्ताव राखिन तर पारित भएन् ।
स्रोतका अनुसार आफ्नो प्रस्ताव पारित नभएपछि भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई यो बिषयमा जानकारी गराइन । सोमबार बसेको मन्त्रिपरिषदको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर शाक्यको ठाउंमा कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णयमा हस्ताक्षर गर्न लगाएका छन् । मन्त्रिपरिषको बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो । लगतै मुख्यसचिवलाई बोलाएर कुलमानलाई प्राधिकरणको एमडीमा नियुक्ति गरिएको निर्णय भएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यलाई प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिनेगरी आयोगमा पठाउने प्रस्ताव गरिएको हो।
११ महिनापछि पुन नेपाल विद्युत प्राधिकरणको कमाण्ड गर्ने अवसर पाएका छन् कुलमानले । उनले आजै पदबहाली गर्दैछन् ।