६३०३ जनालाई सरकारी जागिरको अवसर
सरकारले एकै पटक ६ हजार ३ सय ३ जनालाई सरकारी जागिर दिने भएको छ । करार सेवामा सरकारले यति धेरै संख्यामा कर्मचारी भर्ना गर्न लागेको हो । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षक र गणक पदका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रकाशन गरेको विज्ञापन अनुसार राष्ट्रिय कृषि जनगणना, २०७८ सञ्चालनका लागि करार सेवामा कर्मचारी माग गरेको हो ।
Advertisement 1
आयोगले सुपरिवेक्षकका १२ सय ८० र गणक ५ हजार २३ गरी कूल ६ हजार ३ सय ३ जना जनशक्ति भर्ना गर्न लागेको सूचनामा जनाइएको छ ।
सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र विभागले तयार पारेको अनलाइन जनशक्ति भर्ना प्रणालीमा आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।
Advertisement 2
प्रकाशित :२०७८ फाल्गुन १०, मंगलवार ११:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%