असल कर्मचारी कोही चलाउन्न,नियतमै खोट देखिए दण्डसहित कारवाही गर्छु :- मन्त्री चौधरी

पूर्व शहरी विकासमन्त्री रामकुमारी झाक्री मेटमणि चौधरी र पार्टी अध्यक्षविरुद्ध खनिरँदा पार्टीका अर्काे कमाण्डर तथा शहरी विकास मन्त्री चौधरीले भने आफूले कुनै पनि कर्मचारीलाई नचलाउने बताएका छन् ।

Advertisement 1

मन्त्रालयको अघिल्लो आर्थिक वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्षको कार्यक्रम र योजना कार्यान्वयनसम्बन्धी गोष्ठीमा उनले आफू कुनै पनि कर्मचारी चलाउनृ पक्षमा नरहेको तर नियत खराब राखेर काम गरे दण्डसहित कारबाही गर्ने चेतावनी दिएका हुन ।

चौधरी ३८ दिन अघि शहरी विकास मन्त्रीमा नियुक्त भएका थिए । उनले भने ३८ दिनमा मेरो मूल्याङ्कन तपाईंहरुले गर्नुभएकै होला । म कसैको चित्त दुखाउन चाहन्न,कुनै कर्मचारी चलाउने पक्षमा पनि छैन । तर नियतमै खोट देखिए कारबाही मात्र होइन दण्डसहित गरिने जनाएका छन् ।

Advertisement 2

मन्त्रालय र मातहत निकायका सचिवदेखि अधिकांश उच्च अधिकारी सहभागी गोष्ठीमा मन्त्रीले सबै सिष्टमबाट चल्नुपर्ने बताएका छन् ।

प्रकाशित :२०७९ श्रावण २२, आईतवार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry