संघीय निजामती सेवा विधेयक भोलि पारित हुँदै

सरकारले भोलि संघीय निजामती सेवा विधेयक पारित गर्ने भएको छ । लामो समयदेखि बहसको बिषय बनेको संघीय निजामती सेवा ऐन भोलिको क्याविनेटबाट पारित हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभामा आज संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८० माथि छलफलका क्रममा सांसदहरुको प्रश्नको जबाफ दिँदै भोलिकै क्याविनेटले संघीय निजामती सेवा विधेयक पारित गरी संसदमा पेश गर्ने जबाफ दिएका हुन ।
Advertisement 1
संघीय निजामती सेवा ऐन भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने बताएका छन् ।
Advertisement 2
प्रधानमन्त्री प्रचण्डका अनुसार अघिल्लो प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकलाई सरकारले परिमार्जन गरेर अन्तिम रुप दिएको हो ।
प्रकाशित :२०८० भाद्र १८, सोमबार १७:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%