विशेष अदालत विरुद्ध अख्तियार दिनदिनै सर्वाेच्चमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
Advertisement 1
विशेष अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये पुनः एउटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो ।
Advertisement 2
सल्यानको घुईयाबारीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा आयोगले जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जनाविरुद्ध चार लाख ६४ हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतको गत चैत्र १५ गतेको फैसलाले प्रतिवादीहरुलाई आंशिक ठहर, आरोप दाबी नपुग्ने तथा सफाई हुने फैसला सुनाएपछि त्यसमा असन्तृष्टि जनाउँदै अख्तियार सर्वोच्चमा पुगेको हो ।
Advertisement 3
आयोगले हिजो पनि यस्तै पुनरावेदन गरेको थियो । पछिल्ला दिनमा अख्तियार विशेष अदालतको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालत जाने क्रम बढेको छ ।