टिक्नै सकेनन् प्रशासकीय अधिकृत

मुगुको सोरु गाउँपालिकामा हाकिम ६ महिना अदलबदल हुँदा गाउँपालिकामा प्रशासनिकदेखि विकास निर्माणका कामकाज प्रभावित भएको छ । जहाँ ५ वर्षमा १० प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

Advertisement 1

सो गाउँपालिकामा चुनाव लगतै सुन्दर वान्तवाले प्रमुखको जिम्मेवारी पाएका थिए तर, उनी ६ महिना नबित्दै सरुवा भएपछि तीर्थराज शाही आए भने उनी गएपछि परशुराम उपाध्यायलाई अधिकृतका रूपमा खटाइएको थियो । उनीपछि नायब सुब्बा धान्ने बुढाले निमित्त चलाए । त्यसपछि भीमराज सेजुवालको सरुवा भयो । उनी जिल्ला नआउँदै २४ घण्टामै सरुवा गरिएपछि शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्ल निमित्त तोकिए । त्यसयता लालबहादुर मल्ल, तीर्थराज शाही र स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर सेजुवाल फेरिए भने पछिल्लो समय प्रवेश बडुवाल आए । बडुवाल अहिले निर्वाचन कार्यालयमा काजमा छन् ।

राजनीतिक खिचातानीले पालिकामा कुनै पनि प्रशासकीय अधिकृत ६ महिनाभन्दा बढी बस्न पाएका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउने गरे पनि एमाले, कांग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधिबीच कुरा नमिल्दा उनीहरू फेरिएका फेरियै गरेको एक स्थानीयले बताए ।

प्रकाशित :२०७८ चैत्र २२, मंगलवार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry