आयल निगमका हाकिमविरुद्ध कालोबजारीको मुद्धा,होला त कारवाही ?
उपभोक्तावादीहरुले नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी तथा पदाधिकारीहरुविरुद्ध कालोबजारी कसुरमा मुद्धा दायर गरेको छ ।
Advertisement 1
पेट्रोलियम पर्दाथमा चरम कालोबजारी गरेको अभियोगमा उपभोक्ता अधिकारकर्मी ज्योती वानियाको संस्था उपभोक्ता हित संरक्षण मञ्चले निगमका कार्यकारी निर्देशक उमेश थानी तथा पदाधिकारीविरुद्ध कालोबजारीको कसुरमा मुद्धा दायर गरेको हो ।
इण्डियन आयल कर्पोरेसनले पटक पटक मूल्य सूची घटाएर पठाउँदा समेत नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन नगरी उपभोक्ता ठगी गर्दै आएकोले आयल निगमका पदाधिकारीविरुद्ध मञ्चले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको छ । मञ्चले निगमका प्रवन्ध निर्देशक तथा सञ्चालक समितिका सदस्य उमेश थानी समेतका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरिएको जानकारी दिएको छ ।इन्धनमा २० प्रतिशतभन्दा बढी नाफा राखेर कालोबजारी गरेको भन्दै मञ्चले जाहेरी दर्ता गराएको हो ।
Advertisement 2
नेपाल आयल निगमले पेट्रोलियम पदार्थबाट अत्याधिक नाफा कमाइरहेको छ । इण्डियन आयल निगमले पछिल्लो पटक पठाएको मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ९९ करोड रुपैयाँ नाफा भइरहेको छ । नाफा हुँदाहुँदै पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै हाल विरोध भइरहेको छ । तर, निगमले हालसम्म पनि इन्धनको मूल्य घटाउन चासो देखाएको छैन् ।
Advertisement 3
हिजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पर्दाथको मूल्य घटाउन वाणिज्य सचिवलाई निर्देशन दिनुभएको थियो । तर सचिव सरुवाको बाहना मिलेको छ,आयल निगमलाई ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोही बमोजिम मूल्य समायोजन गर्न दाहालले वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई निर्देशन दिनुभएको भए पनि आयल निगमले त्यसलाई कार्यन्वयन गरेन,सचिव सरुवाको बाहना बनाएर ।
प्रधानमन्त्रीको निर्देशन अनुसार हिजै नेपाल आयल निगमको बोर्ड बैठक राखेर पेट्रोलियम पर्दाथको मूल्य समायोजन गर्नुपर्नेमा सचिव रायाले हिजैका लागि डाकेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठक नै रद्द गरिदिएको उद्योग मन्त्रालय स्रोतले इकर्मचारी डटकमलाई जनाएको छ ।
स्रोतका अनुसार मंगलबार नै सचिव रायाले हिजोका लागि बोर्ड बैंठक डाकेकोमा हिजै सचिवका रुपमा अर्थ मन्त्रालयमा आफ्नो सरुवा भए पछि अन्तिम समयमा उनले बैठक क्यान्सिल गरेका हुन ।
वाणिज्यबाट बाहिरिँदा जाँदाजाँदै आफूले गरेको निर्णयले विवादमा पर्न सक्ने देखेर हिजोको लागि डाकिएको आयल निगम सञ्चालक समितिको बैठक क्यान्सिल गरेका थिए ।
नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्षमा वाणिज्य सचिव रहने प्रावधान छ ।हिजो बसेको क्याबिनेट बैठकले उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका तोयम रायलाई अर्थ मन्त्रालय पठाएको छ । त्यस्तै, तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालामा अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका मधु मरासिनीलाई तोयम रायको ठाँउ (वाणिज्य) हेर्ने गरी खटाइएको छ । एउटा जाने,अर्को आउने क्रम रहेकाले तत्काल कुनै निर्णय गर्न सक्ने अवस्था नरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।
अहिले नेपाल आयल निगमको वोर्डमा सचिवका अलवा सहसचिव राधिका अर्याल,आनन्द काफ्ले,दिलनाथ मिश्र,महेश भट्टराई लगायत रहेका छन् ।
उपभोक्तावादीहरुले यी पदाधिकारीविरुद्ध कालोबजारी तथा केही समाजिक अपराध अन्तरगत मुद्धा मामिला गर्ने जिम्मेवारी संस्थाको महासचिव विष्णुप्रसाद तिमिल्सिनालाई दिएको छ ।