बढ्यो शिक्षक र विद्यालयका कर्मचारीको तलब :- कस्को कति पुग्यो ?

सरकारले निजामती कर्मचारीसँगै शिक्षकको तलब वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८ ०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । कोरोनाका कारण तलब वृद्धि गर्ने अवस्था नभएपनि कर्मचारीको मनोबल उच्च राख्न मासिक २ हजारका दरले तलब वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए । यो सँगै शिक्षकहरुको तलब पनि २ हजारको दरले बृद्धि भएको छ । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षक (इसिडि शिक्षक) र विद्यालय कर्मचारीको तलब बढाएको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक बालविकास सहयोगीको तलब बढाएर ८ हजार पुर्याइएको र बाल विकास केन्द्रका शिक्षकले न्यूनतम १५ हजार पुर्यायएको जानकारी दिएका हुन् । त्यसका लागि सरकारले ५ अर्ब ५५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

Advertisement 1

इसिडि शिक्षक मासिक ६ हजारमा कार्यरत थिए । यस्तै विद्यालय कर्मचारीहरु पनि न्यून शुल्कमा कार्यरत थिए । इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुले लामो समय देखि सुविधा बढाउन माग गर्दै आएका थिए ।

बढेको नयाँ तलवमान अनुसार विद्यालयका कर्मचारीले न्युनतम ८ हजार,इसिडि शिक्षकले न्युनतम १५ हजार पाउनेछन भन प्रथामिक तहका तृतीय श्रेणीका कर्मचारीले मासिक ३० हजार ६१० पाउनेछन् माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले अब ५१ हजार ३८० बुझ्नेछन् ।

Advertisement 2

प्रकाशित :२०७८ जेष्ठ १६, आईतवार ०७:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry