थपिए १८ सहसचिव

एकै पटक १८ जना कर्मचारी सहसचिव तहमा उक्लिएका छन् । आन्तरिक र खुल्ला प्रतिष्प्रर्धाबाट गरी १८ जना सहसचिव थपिएका हुन । जसमध्ये ६ जना खुला प्रतियोगिताबाट र आन्तरिक प्रतियोगिताबाट १२ जना थपिएका हुन् ।
आयोगले प्रशासन सेवा, परराष्ट्र र न्याय सेवाको खुला, मधेसी र आदिवासी जनजातितर्फको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार,माधवप्रसाद पोखरेल,तीर्थराज चिलुवाल,रामचन्द्र तिवारी,भोला दाहाल,रेखा दास र मेखबहादुर मंग्राती सहसचिव पदमा बढुवा भएका हुन् । यस्तै परराष्ट्र सेवाबाट सुरेन्द्र कुमार यादव,न्याय सेवाबाट रामप्यारी सुनुवार लगायत छन् ।
लोकसेवाका अनुसार आन्तरिक प्रतियोगिताबाट थप १२ सहसचिव बढुवा भएका छन् ।loksewa baduwa
प्रकाशित :२०७८ कार्तिक १४, आईतवार १०:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%