सामान्य प्रशासनमा अब विचौलियालाई ‘नो इन्ट्री’ !

कर्मचारी सरुवामा विचौलिया हाबी हुने गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मूल गेटमै प्रहरी राख्नेदेखि क्युआर कोडसहितको प्रवेश पास सम्मको व्यवस्था गर्न लागेको छ ।
पछिल्लो समय सरुवाकै बिषयमा मन्त्रालयका अधिकारीहरुसँग हातपातसम्मका घटना घटेपछि मन्त्रालयले अनावश्यक व्यक्तिको प्रवेश रोक्नका लागि मूल गेटमै प्रहरी खटाएको हो ।

Advertisement 1

मन्त्रालयमा विचौलियाको भीड बढ्ने,तिनले मन्त्रालयको काम समेत प्रभावित पार्ने क्रम बढेपछि त्यसलाई रोक्नका लागि यी काम प्रारम्भ गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अहिले तपाई संघीय मन्त्रालयमा कुनै काम विशेषले पुग्नुभयो भने मन्त्रालय प्रवेश गर्नु अघि रजिष्ट्रीमा नाम,ठेगाना,मोवाइल नम्बरसमेत लेखाउनुपर्छ । सरुवामा अनावश्यक हस्तक्षेप हुने गरेको र इन्ट्रेष्ट ग्रुपहरुले खेल्ने क्रम बढेर संघीय मामिला तथा सामान्य प्रशासन बदनाम भएसँगै सामान्य प्रशासन प्रवेश गर्ने कर्मचारीहरु ड्युटीमा रहेका प्रहरीको निगरानीमा पर्न थालेका हुन ।

Advertisement 2

यस अघि मन्त्रालयका दुईतिर खुल्ने ढोकाको एकातिर बन्द गरिएको छ भने कोठाकोठामा सीसीटीभी क्यामरा जडान गरिएको सामान्य प्रशासनले जनाएको छ ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सुमन दाहालका अनुसार अव एउटै व्यक्ति एकै दिन कति पटक आउँछ त्यसको रेकर्ड राखिन लागिएको हो । सहसचिव दाहालका अनुसार,विचौलियाका लागि भन्दा पनि असान्दर्भिक व्यक्तिहरुको प्रवेशमा लगाम लगाउन खोजिएको हो । सामान्य प्रशासनका प्रत्येक कोठामा आनवश्यक व्यक्तिहरुको प्रवेश हुने र उनीहरुका कारण मन्त्रालयका काम काज नै प्रभावित हुने क्रम बढेपछि त्यसमा रोक लगाउन खोजिएको हो । अनावश्यक व्यक्तिहरुको भीड लाग्न थालेपछि सामान्यले आगन्तुकहरुको व्यवस्थापनको लागि रेकर्ड राख्न शुरु गरिएको मात्र हो ।

Advertisement 3

यसरी मन्त्रालयमा अनावश्यक कर्मचारीहरुको भीड लागेपछि अस्तिको सचिव बैठकमा मुख्यसचिव बैकुण्ठ अर्यालले प्रवेश अघि क्युआर कोडको व्यवस्था मिलाउन सञ्चार र गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

प्रकाशित :२०८० आश्विन १०, बुधबार १४:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry