२९ जिल्ला न्यायाधीशको लिखित परीक्षामा २११ सहभागी,१ मात्र उत्र्तीण
कर्मचारी छान्ने नेपालको परीक्षा प्रणाली र नियुक्तिको परिपाटी कस्तो अचम्मलाग्दो छ भने, उत्तीर्ण हुनेले मौका पाउँदैनन्, अनुत्तीर्ण हुने धमाधम कालोकोटमा सजिन्छन् ।
Advertisement 1
न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लियो । परीक्षामा सहभागी भए सहभागी भए २११ जना । गत साउन १६ गतेदेखि २० गतेसम्म भएको लिखित परीक्षामा सहभागी मध्ये १ जना मात्र उत्तीर्ण भएका छन् ।
आयोगले आन्तरिक खुलातर्फ १५ जना, खुलातर्फ ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेशी २ जना र दलित १ जना गरी कुल २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो ।
Advertisement 2
आयोगले पारसमणि पोखरेललाई मात्र अन्तर्वार्ताका लागि सिफारिश गरेको हो । आयोगले उनलाई अन्तर्वार्ताका लागि १ असोजमा डाकेको छ । पोखरेल हाल भक्तपुर जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत पोखरेलले आन्तरिक खुला र खुला दुवैतर्फको परीक्षा पास गरेका हुन्।