भ्रष्टाचार मुद्दामा कमजोर अख्तियार : नियत कि नियती

हरेक दिन जसो टंगाल दरबारले विशेष अदालतमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिरहेको भेटिन्छ । जस्तो गत आर्थिक बर्षमा मात्र अख्तियारले
३५६ राष्ट्रसेवकविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले एक वर्षको अवधिमा एक जना विशिष्ट तहका कर्मचारीसहित ३५६ राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको जनाएको छ ।

Advertisement 1

अख्तियारका अनुसार गत बर्ष विशेष अदालतमा दायर गरिएका १६२ मुद्दाका ७६० प्रतिवादीमध्ये झन्डै आधाको संख्यामा कर्मचारी परेका छन् । ०७८/०७९ मा भ्रष्टाचारमा मुद्दा खेप्ने कर्मचारीको संख्या ३१० जना रहेको थियो । चालु आर्थिक वर्ष २०८०/८१ को २४ दिनको अवधिमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसरी मुद्दा दायर गरिएकामा पनि अधिकांश कर्मचारीहरू नै रहेका छन् ।

यसै गरी सोही अवधिमा अख्तियारले गरेको रंगेहात (स्टिङ) अप्रेसनका क्रममा ४० जना कर्मचारी रंगेहात पक्राउ परेका थिए । स्टिङ अप्रेसनमा परेका सबै कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भइसकेको अख्तियारले जनाएको छ । यस्तै, सोही अवधिमा ६ जना बिचौलिया, मतियार तथा ८ जना जनप्रतिनिधि पनि घूस खाँदाखाँदै रंगेहात पक्राउ परेका थिए ।
तर अख्तियारले दायर गरेको मुद्धा कमजोर भएर हो वा अन्य कारण विशेष अदालतबाट सफाइ पाउने श्रृंखला पनि उस्तै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो तीन महिनामा मात्रै विशेष अदालतबाट भएका २० वटा फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले विशेषको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गर्ने व्यवस्था छ । पछिल्लो समय यो क्रम एकाएक बढ्दो अवस्थामा पुगेको हो ।

Advertisement 2

सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी काम गरेको भन्दै विशेष अदालतमा दायर मुद्दाका फैसलामा असन्तुष्टि जनाउँदै अख्तियारले अधिकांश फैसलाविरुद्ध पुनरावेदन गर्न थालेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार पछिल्लो तीन महिना (वैशाख, जेठ र असार) मा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये २० वटा मुद्दामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको छ । वैशाख र जेठमा सात सात वटा र गत असारमा ६ वटा मुद्धामा पुनरावेदनका लागि अख्तियार सर्वाेच्च अदालतमा पुगेको छ ।

गत आर्थिक वर्ष २०७९/ ०८० मा आयोगले विशेषबाट फैसला भएकामध्ये आंशिक ठहर र सफाई पाएका दुई सय ३७ वटा मुद्दामा पुनरावेदन गरेको थियो । यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ मा आयोगले कुल ५८ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।विशेष अदालतको फैसला चित्त नबुझेकै कारण अख्तियारले सर्वाेच्चमा पछिल्ला २ बर्षमा २९५ मुद्धामा पुनरावेदनको माग गरेको छ ।

Advertisement 3

तथ्य र प्रमाण हुँदाहुँदै विशेष अदालतले आरोपितलाई उन्मुक्तिको फैसला सुनाउँदा आयोगले सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने बाध्यता र आवश्यकता परेको  अख्तियारका कर्मचारीहरुको दावी छ ।

प्रकाशित :२०८० श्रावण २५, बिहीबार ०९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry