जागिरे अवधिभर जिल्ला नछाडेका हाकिमको दुःखका कथा कति हुन कति…

अञ्जनकुमार हिमाली
संघर्षका ती दिन सम्झदा दुःखका कथा कति छन् कति । आजपनि मनमा छुट्टै हुटहुटी जाग्छ रे । खनियाबास गाउँपालिका धादिङका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपालीलाई । विभेदको जाँतोमा पिसिएको त्यो बेलाका ती दिन अनि समाज रूपान्तरण, जातीय विभेद अन्त्य भनिएको आजको यो दिनमा पनि मिलाएर गरिएको विभेदको रूप सारमा उस्तै लाग्छन् रे। हाकिम त छन् तर कतिलाई सहज स्वीकार्न, असहज भएको महसुस राम्रै गर्न सक्छन् उनी ।
हिजो जातीय आधारमा विभेदको डण्डा बर्बरढंगले चलाइन्थ्यो तर आज अलि मिलाएर । योग्यता, क्षमता र सक्षमता हुँदाहुँदै पनि अगाडिको यात्रामा ठेस यही जातित्वको कारण हुने गरेको उनको दर्विलो अनुभूति कहिले नामेट होला र १ बेला त्यस्तो थियो, दलित समुदायको लागि शिक्षा अपराध मानिन्थ्यो । त्यही बेला भाग्य बनेर निस्किएका थिए दूरसञ्चार कार्यालय धादिङका हाकिम खबिन्द्र बस्नेत ।
२०२१ साल कार्तिक ७ मा धादिङको पुरानो सदरमुकाम सुनौलो बजारमा जन्मिएका बालकृष्ण नेपालीका बुबा सनबहादुर नेपाली छाला जुत्ताका व्यापारी । आफ्नै घरेलु उद्योग । जुत्ता बनाउन निकै सिपालु सनबहादुरले अरूको बच्चा पढ्न गएको देख्दा बच्चाहरुलाई स्कूल पठाउने मन नभएको कहाँ हो र । तर अवस्था उनले सोचे जस्तो किञ्चित थिएन। समाजमा विभेदको जुन खिल थियो त्यसले सनबहादुरको मन पाकिरहेका बेला दैव बनेका बस्नेतले बालकृष्णलाई पढ्नु पर्छ भनेर जुन उत्प्रेरणा प्रदान गरे, त्यही उत्प्रेरणा सफलताको सिंढी चढ्ने पहिलो खुड्किलो बन्यो । पढ्दाका क्षण अपहेलनाको चङ्गुलमा कसिन पर्दाको पिडाले आज पनि आँखा कहाँ ओभानो बन्छ र । सबै साथी कथित उच्चजातका हुन्थे । उनीहरू बेन्चमा बस्थे । तर नेपाली घरबाट लगेको सुकुलमा एक छेउमा टुसुक्क बस्थे । पानी पिउन अलि पर सरेर पालेदाईको सामुन्ने घाँटी तन्काउनु पर्थ्यो ।
भैरव मावि सुनौलो बजारबाट अध्यन शुरू गरेका नेपालीले ०४२ मा एसएलसी पास हुनु पहिलेनै जिल्ला पञ्चायतमा बैदारको जागिर पाए । तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकृष्ण बेन्जुको पहलमा जागिर पाएका थिए । ०४१ मा मुखियामा बढुवासंगै २०४२ मा एसएलसी गरे । लगत्तै ०४३ स्थायी सगै खरदारमा बढुवा भए । ०४६ को परिवर्तनले गाउँ पञ्चायत गाविसमा परिणत भए । अनि उनी निलकण्ठ गाविसको सचिव बने । पढ्दाका क्षण अपहेलनाको चङ्गुलमा कसिन पर्दाको पिडाले आज पनि आँखा कहाँ ओभानो बन्छ र । सबै साथीहरुको कथित उच्चजातका हुन्थे उनीहरू बेन्चमा बस्थे । तर उनी घरबाट लगेको सुकुलमा एक छेउमा टुसुक्क बस्थे । पानी पिउन अलि पर सरेर पालेदाईको सामुन्ने घाँटी तन्काउनु पर्थ्यो । हुने बिरुवाको चिल्लो पात भने झै दुःखका कयौ हुण्डरी सहेर पनि आफ्नो प्रगतिको यात्रालाई नेपालीले रोक्न चाहेनन् । मुखिया भएका बेलापनि पसलेले उनलाई खासै चिया दिदैन्थे । पैसा तिरेर खाएको चियाको गिलास माझ्न लगाउँथे । कुकुरले भाँडा चाटेर जान्थ्यो तर त्यही भाँडा कदम कदाचित छोइयो भने पनि कथित दलित बनाइएकाहरुलाई माझ्न लगाउँथे ।

Advertisement 1

कहिले काँही त जागिर चटक्कै छाडेर सामन्ती प्रथाको बिरुद्द बन्दुकको नालबाट समानताको आवाज ओकल्न मन नलागेको पनि हैन् । तर त्यो नै समाज रूपान्तरणको अचुक उपाय पनि थिएन । चेतनाको खडेरीले डडाएको कथित उपल्ला जाति भनिएकाहरुको मगज पनि २०४६ को परिवर्तनसंगै बदलियो ।

दुईदशक भन्दा बढी समय गाविस सचिव भएका नेपाली ०६४ मा नायबसुब्बा बढुवासगै मालपोत कार्यालय धादिङमा कार्यरत रहँदै गर्दा ०६८ मा भएको समायोजनसगै डिभिजन बन कार्यालय धादिङ सरुवा भए । त्यसपछि निलकण्ठ नगरपालिकामा प्रशासन नासु, ०७४ मा जिल्ला स्वास्थ्य कार्यालय धादिङ रहँदाकै बखत अधिकृत बढुवा भएका नेपालीले त्यसपछिका दिन खनियाँबास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा समाल्दै आएका छन् ।

Advertisement 2

धादिङका १३ स्थानीय तह मध्ये भौगोलिक रूपले निकै विकट ४५ सय उचाईसम्म रहेको खनियाँबास गाउँपालिकामा जम्मा पाँच वडा छन् । उनी आउनु भन्दा पहिले पालिकाको अवस्था निकै नाजुक थियो । भौतिक संरचना केही थिएन। नेपालीले आफ्नै पहलमा पालिका भवन निर्माण गरे । निकै दुर्गम बस्ती बिरामी पर्दा सरमुकामसम्म आउने यातायातको असाध्यै असुविधा नेपालीले एम्बुलेन्स खरिद गर्ने योजना बनाए । अहिले पालिकाको आफ्नै एम्बुलेन्स छ । पालिका स्तरीय अस्पताल निर्माण, सबै सुविधा युक्त आँखा उपचार केन्द्र, आयुर्वेद स्थापना, सबै वडामा वडा भवन निर्माण ।

त्यो भन्दा पनि नेपाली जानु भन्दा पहिलाको ३ करोड ४३ लाख २१ हजार ५०४ रुपैया बेरुजु सम्परीक्षण, कर्मचारीको व्यवस्थापन गरेका नेपाली निकै सरल , इमान्दार, कर्तव्यनिष्ठ, कुनै लोभ लालच नभएको हाकिम भएको बताउँछन् लामो समयसँगै काम गरी लमजुङ सरुवा भएका सुरेन्द्र ढुंगाना ।

Advertisement 3

दुई दुईटा प्रमुख प्रशासकीय अधिकृत व्यहोरेका पालिका रण बहादुर तामाङ नेपालीको काम र इमान्दारिता प्रति निकै प्रभावित छन् । सेवा प्रवाहमा कुनै खोट लगाउने ठाउँ नभएको बताउने तामाङ नेपालीबाट अरु कर्मचारीले सिक्नुपर्ने बताउँछन् । अनेकौं हन्डरठक्कर खाँदै खारिएका नेपालीले साढे तीनदशकको जागिरे अवधिमा धादिङ छाडेर कतै जानुपनि परेन ।
बाबुआमाका साइला सन्तान नेपालीका तीनछोरी र एक छोरा छन् । छोरा रेशमविक्रम नेपालीले भर्खरै डाक्टरी सकाएका छन् भने कान्छी छोरीले स्टाफ नर्स । निकै लह लागेका सन्तान सुखले पनि नेपाली प्रफुल्ल छन् ।

प्रकाशित :२०७९ जेष्ठ १०, मंगलवार ०५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry