टिआइए भन्सार प्रमुख पाण्डेलाई टेलिकमको पनि जिम्मेवारी

नेपाल टेलिकमको संचालक समिति सदस्यमा सहसचिव टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णय गर्दै पाण्डेलाई नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा पठाएको हो । पाण्डेले हिजोमात्र पद तथा गोपनियताको सपथ लिएका छन् ।
Advertisement 1
अब टेलिकमको सञ्चालक समितिमा सञ्चार सचिव कृष्णबहादुर राउतदेखि सुनिल पौडेल कानुनका सहसचिव सुशील कोइराला,अहिले एयरपोर्ट भन्सारमा पुगेका टोकराज पाण्डे,सञ्चारका सहसचिव बाबुराम भण्डारी,शेयर कारोवारी अम्बिका पौडेल र शंकर लामिछाने छन् । टेलिकमको संचालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था छ । सोहि अनुसार पाण्डे संचालक चयन भएका हुन् । पाण्डे अर्थका अर्का सहसचिव उत्तर कुमार खत्रीको ठाउँमा टेलिकमको संचालक नियुक्त भएका हुन ।
सय किलो सुन बरामद भएको सातापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिएर पठाइएको छ । यस अघि पाण्डेलाई राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा ल्याइएको थियो ।