कर्मचारी नेताको राज :- दुर्गममा दरबन्दी राखेर चार बर्षदेखि सिंहदरबारमा काज

दुर्गममा दरबन्दी र सुगममा कार्यरत रहने कर्मचारीहरु बग्रेल्ती छन्,निजामतीमा । यस्तै कर्मचारीभित्र पर्दछन् केदार प्रसाद देवकोटा । जस्को दरबन्दी सिन्धुपाल्चोकको बलेफी गाउँपािलकामा थियो ०७६ सालदेखि । चार बर्षसम्म दुर्गममा दरबन्दी राखेर सुगम (अर्थ मन्त्रालयमैं) कार्यरत रहँदै आएका कर्मचारी नेता बल्ल बूढानिलकण्ठ नगरपालिकातिर सिफ्ट भएका छन् ।

Advertisement 1

राष्ट्रसेवक कर्मचारी भन्ने वित्तिकै हामी बुझ्छौं राष्ट्रको सेवा गर्न खटिएका निजामती कर्मचारी । लोक सेवा उत्र्तीण गरेका आएका कर्मचारी । जागिरमा प्रवेश गर्दा खटाइएको ठाउँमा जहाँ पनि गएर सेवा गर्न तयार छु भन्ने कर्मचारीका कतिपय नेताहरुलाई सिंहदरबार छोड्नु पर्दैन । त्यसमा पनि हाजिर लगाएको भरमा तलब- भत्ता पाउँदै आएका छन् । दुर्गममा खटाइए त्यस्ता कार्यालयमा जानबाट अनेकन बाहना बनाउँदै सिंहदरबारमै रमाउँदै आएका छन् । त्यसकै एउटा उदाहरण हुन लेखा अधिकृत केदार देवकोटा ।

देवकोटा तिनै कर्मचारी हुन,जो ०७५ पछि कर्मचारी समायोजन हुँदा स्थानीय तह (दोलखाका सैलुङ) गाउँपालिकामा परे,त्यसलाई संशोधन गराएर बलेफी गाउँपालिका सिन्धुपाल्चोकमा मिलाएर । देवकोटाले ०७६ साल देखि ०८० असार मसान्तसम्मको तलब बलेफी गाउँपालिकाबाटै बुझ्दै आएका थिए । साउनदेखि उनी काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा पुगेका छन्,लेखा प्रमुखको रुपमा ।

Advertisement 2

लामो समय अर्थ मन्त्रालयमा कार्यरत रहेका देवकोटा बूढानिलकण्ठको लेखा प्रमुख भएर जिम्मेवारी सम्हाल्न पुगेका हुन । चार बर्षसम्म काजमा अर्थ मन्त्रालयमा खटिँदै आएका देवकोटालाई अर्थबाट बूढानिलकण्ठको लेखा प्रमुख बनाउन प्रदेशको प्रमुख सचिव मुकुन्द निरौंलाका ठूलो भूमिका रहेको बाग्मती प्रदेशका कर्मचारीहरुले इकर्मचारी डटकमलाई जनाएका छन् ।निजामती सेवा ऐनले तीन महिनाभन्दा बढी काजमा खटाउन नमिल्ने भनेको छ तर देवकोटाजस्ता कर्मचारी नेताहरुका अगाडि यस्ता ऐन नियमको पनि केही लाग्दैन ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा तोकिएका भोलाले केन्द्र फर्कने व्यवस्था मिलाएझैं केदारले आफू सवार बाइक बा २ ब ३९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएको कागजपत्र बनाए । उनीले झैं टाठा बाठा धेरै कर्मचारीहरुले आफू गम्भीर मानसिक रोगी भएको भन्दै कीर्ते कागजात बनाएर संघमै फर्कन सफल पनि भएका थिए । यसरी मानसिक रोगीको सिफारिस बनाएर केन्द्रमै बस्न सफल हुने कर्मचारी नेताहरुको संख्या २६ जना रहेको सामान्य प्रशासनले जनाएको छ ।

Advertisement 3

०७३ सालदेखि यता पाँच बर्षसम्म नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष चलाएका उनी अहिले नेकपा एमाले निकट पेशागत माहासंघ नेपालका महासचिवको जिम्मेवारीमा छन् ।

बलेफीमा जान नमानेका उनी अहिले लेखा प्रमुखको जिम्मेवारी लिएर बूढानिकलण्ठमा पुगेका छन् ।

प्रकाशित :२०८० श्रावण १४, आईतवार १०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry