३२ उपसचिवको सरुवाप्रति गृहमा चरम असन्तुष्टि

सरकारले एकैपटक ४४ उपसचिवको सरुवा गरेको छ । जसमध्ये गृहबाट १६ उपसचिव बाहिरिए भने १६ जना उपसचिव भित्राइएको छ,गृहभन्दा बाहिरबाट ।

Advertisement 1

सरुवा गर्दा गृहका १६ उपसचिव गृह वा मातहत तानिएका छन् । यसरी गृहमा तानिनेहरुमा उद्योग वाणिज्यबाट सूर्य खत्री,सार्वजनिक खरिदका शेखर पौडेल,श्रम रोजगारका फणिन्द्र दाहाल,संघीय मामिलाबाट अनोजकुमार घिमिरे,उर्जा जलश्रोतबाट सुप्रभा खनाल,भूमि व्यवस्थाबाट वाशुप्रसाद कोइराला, अख्तियारका रबीन्द्रप्रसाद आचार्य,लोकसेवाबाट गणेशप्रसाद पौडेल,भूमि व्यवस्थाबाट पुष्कर राना,संघीयबाट विश्वराज मरासेनी,संघीयबाट काशिराम गैरे,अञ्जन न्यौपाने,चेतनाथ वराल,मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशबाट मोहन प्रसाद अर्याल गृहमा तानिँदा गृह मातहतका १६ उपसचिव अन्य निकायमा पठाइएका छन् ।

गृहबाट बाहिर पठाइएकाहरुमा जीवनप्रसाद आचार्य,विजय पौडेल र जयराज भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगतिर पठाइएको छ भने भीम भट्टराई ,चन्द्र शिवाकोटी र कुल भण्डारी भुमि व्यवस्था मन्त्रालय,बाबुराम खनाल राष्ट्रिय सूचना आयोग,टेकनारायण पौडेल लोकसेवा,गणेश अधिकारी उद्योग,विष्णुहरि उपाध्याय श्रम,नारायण भण्डारी मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेश,नाथु साह कलैया उपमहानगरपालिका बारामा पठाइएको छ । यस्तै गृह मातहतकै निकायमा ४ उपसचिवलाई खटाइएको छ भने अन्य १२ उपसचिवलाई विभिन्न मन्त्रालय वा निकायमा खटाइएको छ ।

Advertisement 2

उपसचिव सरुवाको बिषयलाई लिएर गृहभित्रैका कर्मचारीबीच असन्तृष्टी छाएको छ । तीन चार महिना अघिमात्र गृहमा पुगेका केही उपसचिवलाई गृहबाट आउट गरिएपछि उनीहरुले असन्तृष्टी पोख्न थालेका छन् ।

उसो त दुई साता अघि गृहमा तानिएका ८ सहसचिव अझैं जिम्मेवारबिहिन छन् । उनीहरु हाजिरी गर्दै घर फर्कने दैनिकी बनिरहेको छ । त्यही समयमा गृहमा तानिएका गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिव टेकनारायण पाण्डेनिकटस्थ सहसचिवलाई भोलीपल्टै प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको भए पनि ८ सहसचिवलाई अझैं खटाउन सकेको छैन् ।

Advertisement 3

प्रकाशित :२०७८ आश्विन १५, शुक्रबार ०९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry