सेन्सर बोर्डको अध्यक्षमा सहसचिव सुवेदी

नेपाल सरकारले केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड )को अध्यक्षमा नेत्रप्रसाद सुवेदीलाई नियुक्त गरेको छ ।

Advertisement 1

यसअघिका अध्यक्ष सेवन्तक पोखरेल भन्सार विभागको उपमहानिर्देशकमा सरुवा भएपछि सुवेदीलाई सेन्सर बोर्डको जिम्मा दिइएको हो ।

अध्यक्षको भूमिकामा आएपछि सुवेदीले दुई सातायता फिल्म सेन्सर पनि गरिरहेका छन् । सेन्सर बोर्डमा मन्त्रालयका सहसचिव अध्यक्ष हुने अभ्यास छ । सेन्सर बोर्डका अध्यक्षलाई नै मन्त्रालयको प्रवक्ता समेत तोकिने गरिएको छ ।

Advertisement 2

सुवेदी २०५२ सालमा केन्द्रीय तथ्यांक विभागका तथ्यांक सहायक हुँदै, शाखा अधिकृत कालीकोट(बर्दिया, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, बाग्लुङ ( उपसचिव), सिरहा, महालेखा नियन्त्रक कार्यालय, शहरी विकास मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण (सहसचिव) र भरतपुर महानगरपालिकामा (प्रमुख प्रसाशकिय अधिकृत), वाणिज्य विभागका महानिर्देशक, निजामती कितावखानाका महानिर्देशक प्रदेश सचिवको अनुभव बटुलिसकेका छन् ।

सुवेदीले वाणिज्य तथा अन्तर्रा्ष्ट्रिय व्यापार, सार्वजनिक प्रशासन र विज्ञान विषयमा स्नाकोत्तर डिग्री हासिल गरेका छन् भने उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत वाणिज्य तथा अन्तर्रा्ष्ट्रिय व्यापारको स्वर्णपदक विजेता पनि हुन् ।

प्रकाशित :२०७९ फाल्गुन १९, शुक्रबार १०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry