‘ढुक्क हुनुस, तपाई सामान्य सचिवमा बहाल रहुन्जेल म कल गर्दिन’
नेपाल सरकारको सचिव,त्यो पनि कर्मचारीहरुको पीरमर्का दुख सुख सुन्ने र तत्काल एक्सन लिनुपर्ने संघीय मामिला तथा सामान्य प्रशासनको ।
यस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका सचिव कृष्णहरि पुष्करले साताको एक दिन अर्थात मंगलबार इफाष्टिङमा बस्ने विचार सामाजिक सञ्जालबाटै छरपष्ट पारेपछि तत्काल अर्का सचिवले अब मेवा दलका बाहेक अरुको फोन नउठ्ने भयो भन्दै कडा प्रतिवाद गरेका छन् । आफू सार्वजनिक निकायमा रहेको कारण यो पदमा बहाल रहुन्जेल सबैको कल रेस्पोन्स गर्ने बताएका हुन ।
Advertisement 1
सचिव पुष्करले सातामा मंगलबार एब दिन इफाष्टिङ बस्ने धारणा सार्वजनिक गरेसँगै अर्का सचिव मधुसुदन बुर्लाकोटीले संघीय मामिला तथा सामान्य सचिव कृष्णहरि पुष्करलाई सो पदमा बहाल रहुन्जेल फोन सम्पर्क नगर्ने सार्वजनिक टिप्पणी गरेका छन् ।
सामान्य सचिव पुष्करले अस्ति आइतबार बिहानै एउटा स्टाटस अपडेट गरे सामाजिक सञ्जालमा,उनले लेखेका थिए अब हप्ताको एकदिन मंगलवार इफास्टिंग गर्ने विचार गरे, इच्छुक जति सहभागी हुनु होला र समर्थन गर्नु होला, यसबाट प्राप्तहुने लाभहरु अनुपम र आफैमा असाध्यै महत्वपूर्ण छ । मैले यो अभियान शुरु गरे, साथ दिनेले प्रतिवद्धता दिनुस ।
Advertisement 2
फाष्टिङ बस्नेजस्तो नितान्त व्यक्तिगत कुरा सामाजिक सञ्जालमा विज्ञापन गरे पछि सचिव बुर्लाकोटीले यस्तो कमेन्ट गरेका हुन । हाल सार्वजनिक खरिद अनुगमनको कार्यालयमा बहाल रहेका सचिव मधुसुदन बुर्लाकोटीले टिप्पणी गर्दै सचिव पुष्कर सामान्य सचिव पदमा बहाल रहुन्जेल कल नगर्ने टिप्पणी गरेका छन् ।
Advertisement 3
उनले थप टिप्पणी गर्दै लेखेका छन्,त्यो दिन भनाउंदाहरुको मोबिल फुनबाजा उठाईसेन भने भनुंला हामी जावालाई के सुनाईसेको होला। ति महानको लागि गरिस्यो हाम्रो त बेला बेलामा भएकै छ नि सर जि ।
पुष्कर यस्ता शक्तिशाली सचिव हुन कि जो सहसचिवबाट सचिवमा बढुवा हुँदा प्रदेशमा जानै परेन । उनको पदस्थापन मधेश प्रदेशमा गरिएको भए पनि त्यता जानै परेन । सिधै अर्थमा पोष्टिङ भए । अघिल्लो सरकारको पालमा अर्थतन्त्र नै धरासायी हुनुमा कृष्णहरिजस्ता सचिवलाई अर्थको जिम्मेवारी दिनु पनि एक हो भन्छन्,प्रशासकहरु ।
अहिले आफू संघीय सचिवको रुपमा बहाल भएसँगै त्यहाँ आफ्नो पूरानो टिमलाई सामान्यतिर लैजाने क्रम जारी छ । सामान्य प्रशासनको कर्मचारी प्रशासनको हर्ताकर्ता बनाएर त्यहाँ कमल भट्टराईलाई लगिएको छ । त्यहाँ कप्र हेर्दै आएका रघुराम बिष्टलाई अर्थतिर पठाइएको छ । यस्तै कर्मचारी प्रशासनमा बसेर तर मार्दै आएका रविन्द्रजंग थापाको शाखा परिवर्तन गरी त्यहाँ कमानसिंह पुनलाई भित्राइएको छ ।