अर्थको अर्काे एक्सन :- तीन दिनभित्रै बीमा भुक्तानी दिन मन्त्रालयको निर्देशन

अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी ३ दिनभित्रमा गरिसक्न बीमा समितिलाई निर्देशन दिएको छ । सबै प्रक्रिया पूरा भएका दाबीको ३ दिनभित्रमा भुक्तानी गरिसक्न तथा दैनिक जानकारी अर्थमन्त्रालयलाई दिन निर्देशन दिइएको हो ।

Advertisement 1

कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि मन्त्रालयले दावी परेको तीन दिन भित्रै भुक्तानी दिन निर्देशन दिइएको हो।  बीमा दाबी भुक्तानीमा अनावश्यक ढिलाई भएपछि अर्थमन्त्रालयले यस्तो ताकेता गरेको हो । मन्त्रालयले बीमा समितिलाई पठाएको पत्रमा ४ बुदे निर्देशन दिइएको छ ।

मन्त्रालयले दैनिक भुक्तानी गरेकाे विवरण पठाउन समेत निर्देशन दिएकाे छ। कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने यसअघिकाे निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता गर्दै निर्देशन दिएकाे हाे ।

प्रकाशित :२०७७ मंसिर १८, बिहीबार १८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry