काण्डवाला सहसचिव को- कता ?

गत हप्ता मात्रै गृह र अर्थलगायत मन्त्रालयका ७१ जना सहसचिव स्तरका कर्मचारीको एकै पटक सरुवा भएको छ । यस पटक गृह र अर्थमन्त्रीको चेपुवामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री परेको चर्चा कर्मचारी वृत्तमा सुनिन थालेको छ । गृह मन्त्रालयमा रहेर विभिन्न बदमासीमा मुछिएका ७ सहसचिव प्रदेश तथा अन्य कार्यालयमा सरुवा भएर गएका छन् ।यसरी सरुवा हुनेमा विपिन आचार्य,सुशील वैद्य लगायत रहेका छन् ।
विपिन बाँकेको प्रमुख जिल्ला अधिकारी हुँदा नेपालगञ्जमा हिन्दु र मुश्लिमबीच विवाद प्रकरण पछि गृहमा तानिएका थिए उनलाई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । राष्ट्रिय परिचय पत्रको सर्भर विदेशी कम्पनीलाई सुम्पने गरी ठेक्का दिएर विवादमा तानिएका तिर्थराज भट्टराई बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको सचिवबाट गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुगेका छन् ।

Advertisement 1

गृह मन्त्रालयमा सरुवा भएर आउनुपूर्व लामो समय भुमिसुधार मन्त्रालयमा रहेका सहसचिव सुशील वैद्य लालिता निवास प्रकरणमा तानिएपछि दाङको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा तानिएको थियो । त्यसपछि उनलाई सामान्य प्रशासन मन्त्रालयले जगेडामा राखेको थियो ।अहिले सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव भएर गएका छन् ।

सरुवामा हुमकला पाण्डे, गोमा चेम्जोङलगायत महिलाबाट सिडिओ भएका समेतलाई हुँडलिएको छ ।

Advertisement 2

अर्कोतर्फ कांग्रेसबाट अर्थमन्त्री बनेका प्रकाशशरण महतले पनि आफ्नो स्वार्थअनुकूल चलाउन कुनै कसर बाँकी राखेनन् । स्रोतका अनुसार सरुवाको हुलमुलमा राजश्व विभागका आनन्द काफ्लेलाई धपाउन मन्त्री महत सफल भएका छन् । काफ्ले राजनीतिक ट्याग नलागेका शुद्ध कर्मचारी मानिन्छन् । त्यसैगरी कर विभागको डिजी भई सकेका विनोद कुँवरलाई सार्वजनिक ठाउँमै मुख छाड्न सिपालु काँग्रेसका तर्फबाट स्वास्थ्यमन्त्री भएका मोहन बस्नेतको स्वास्थ्य मन्त्रालयमा पठाइएको छ ।

सामान्य प्रशासन मन्त्रालयलाई अमनलाल मोदी मन्त्री भएको बेला पूरै माओवादी केन्द्र समर्थित कर्मचारीको अखाडाको रूपमा विकास गर्न खोजिएको थियो । त्यसबेला प्रशासन विभागको कमान सहसचिव कमल भट्टराईले पाएका थिए । यिनै भट्टराईको सल्लाहमा सरुवामा विशेष चलखेल भएको बताइन्छ ।

प्रकाशित :२०८० मंसिर १५, शुक्रबार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry