गृहसचिवमा भट्टराई, सिंहलाई प्रधानमन्त्री कार्यालयमा

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ । हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

Advertisement 1

गृहसचिव टेकनारायण पाण्डे असोज २ मा गृहसचिवबाट सरुवा भएर उपराष्ट्रपति कार्यालय गएपछि उनको ठाउँमा सिंह गृहमा आएका थिए ।

भट्टराई २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका उनीसँग विभिन्न निकायमा बसेर काम गरेको अनुभव छ । विशेषगरी उनले गृह मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोग, उद्योग तथा आपूर्ति मन्त्रालयलगायतका अन्य निकायमा बसेर लामो समयसम्म काम गरेका छन् । मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) मा स्नातकोत्तर गरेका भट्टराई औद्योगिक व्यापारमा बढी दख्खल मानिन्छन् ।

प्रकाशित :२०८० बैशाख २७, बुधबार १०:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry