मदिरा पार्टीमा रमेका जिशिस इकाई प्रमुख ढकाल सवार सरकारी गाडी प्रहरीको नियन्त्रणमा

जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडी ट्राफिक प्रहरीको फन्दामा परेको छ । शनिबार प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको हो ।

Advertisement 1

शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै शिक्षा समन्वय प्रमुख ढकाल पाल्पाको नुवाकोट पुगेका थिए । उनले जिल्ला प्रशासन कार्यालयको अनुमति विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको खबर आए लगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको निर्देशनमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो।

शनिवार बिहान बुटवलबाट केबलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर मदिरा पार्टीमा रम्दै गरेको अवस्थामा फेला परेका थिए ।

Advertisement 2

उनीसँगै केही निजी विद्यालय सञ्चालकहरू पनि साथमा रहेको बताइएको छ ।ढकालले यसअघि पनि सरकारी गाडीको दुरुपयोग गरेको भन्दै आलोचना भइरहेको थियो ।

प्रकाशित :२०८० श्रावण ६, शनिबार १८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry