राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिवमा थपलिया

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव रामप्रसाद थपलियाले जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार तथ्याङ्क कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार पद बहाली गरेका हुन् ।
Advertisement 1
६४ वर्षदेखि केन्द्रीय तथ्यांक विभागको नाममा रहेको तथ्यांक संकलन गर्ने राज्यको निकाय अब राष्ट्रिय तथ्यांक कार्यालयका रुपमा परिणत भएको छ । संघीय संसदबाट पारित तथ्याङ्क विधेयक अनुसार विगतमा राष्ट्रिय योजना आयोग मातहत रहेको यो कार्यलय अब प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहनेछ ।
२८ फागुन २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्याङ्क विधेयक राष्ट्रिय सभामा दर्ता गरेका थिए । यो विधेयक २० साउन २०७८ मा पारित गरेर राष्ट्रिय सभाले प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले २५ साउन २०७९ मा राष्ट्रिय सभाबाट संशोधनसहित आएको विधेयक जस्ताको तस्तै बहुमतले पारित गरेको छ ।
Advertisement 2
सुरुमा प्रस्तावित विधेयकमा राष्ट्रिय तथ्याङ्क कार्यालय स्वायत्त निकायका रुपमा रहने उल्लेख थियो । ‘तथ्याङ्क सम्बन्धी काम गर्न केन्द्रिय निकायको रुपमा एक राष्ट्रिय कार्यालय रहनेछ’ प्रस्तावित विधेयकको दफा १८ को उपदफा १ मा उल्लेख थियो ।


 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                