पूर्व प्रशासकहरुको रोजाईमा राप्रपा पार्टी

०६९ सालमा खिलराज रेग्मीको अन्तरिम मन्त्रिपरिषद् थियो । सरकार नै ११ जना कर्मचारीहरुले चलाएका थिए । पूर्व प्रशासकहरु माधवप्रसाद घिमिरे,हरिप्रसाद न्यौपाने,ऋद्धिबाबा प्रधान,विद्याधर मल्लिक,माधवप्रसाद पौडेल, शंकरप्रसाद कोइराला,छविराज पन्त,टेकबहादुर थापा (घर्ती),रामकुमार श्रेष्ठ र उमाकान्त झा कोही राजनीतिमा होमिएनन् तर सोमबार राप्रपा केन्द्रीय कार्यालय धुम्वाराहीमा अलि फरक दृश्य देखियो ।

Advertisement 1

अपरान्ह सहयोगीमार्फत अध्यक्ष राजेन्द्रलाई खबर जान्छ ‘ रिटायर्ड सचिव केदार अधिकारी भेट्न चाहेका ।’ अध्यक्ष लिङ्देनसँग केदारले एकान्त वार्तालाप गर्न चाहन्छन् । झण्डै १० मिनेट एकान्तवार्तालाप गरेका उनले पार्टीमा ‘सम्मानजनक स्पेश’ माग्दछन् । राजेन्द्रले वचनबद्धता दिएसँगै सोमबारै उनीसहित नेपाली सेनाका उपरथी शशिचन्द्रबहादुर सिंह(अप्रा), मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणा, स्त्री रोग विशेषज्ञ डा. सूर्यबहादुर गुरुङहरु हलो पार्टीको झण्डामुनी प्रवेश गरिसकेका छन् । राप्रपा स्रोतका अनुसार, केही दिन अघि यस्तै प्रस्ताव बोकेर अर्काे पूर्व सचिव राप्रपा कार्यालयमा पुगेका थिए । त्यतिखेर राप्रपाको पक्षमा माहोल बनिसकेको थिएन ।
हिजै रिटायर्ड सचिव केदार न्यौपानेले आफू पनि राप्रपा पार्टी प्रवेश गर्न चाहेको खबर पठाएका छन् । यसरी पूर्व प्रशासकहरुले पञ्चे पार्टीप्रतिको मोह किन देखिएको होला ? अवकाश प्राप्त अर्काै सहसचिव प्रतीक ढकाल आफ्नो शुभेच्छा र सद्भाव राजेन्द्र लिङ्देनप्रति रहेको सुनाए । हजारौं राजा पाल्नुभन्दा पैसा ओछ्याएर बसे पनि एउटै राजा ठीक थिए भन्नेमा अहिले धेरै जनता पुगिसकेका छन् त्यही कारण राप्रपाप्रति सद्भाव देखिएको उनले सुनाए ।

यस अघि अवकाशप्राप्त कर्मचारीहरु मिलेर नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी गठन गरे तर बर्ष दिन पनि टिकाउन सकेनन् । जसमध्ये केही एमालेमा र केही राप्रपातिर लागेका छन् ।

प्रकाशित :२०७९ बैशाख ७, बुधबार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry