सिंहदरबारमा सचिवले,शितलनिवासमा नवनियुक्त मन्त्रीले शपथ लिँदै
प्रधानमन्त्री प्रचण्डले दशौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले महिला, बालबालिका तथा समाजकल्याण मन्त्री महिन्द्रराय यादवको मन्त्रालय साटिएको छ । यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिएर कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला मन्त्री नियुक्त गरेका हुन । आचार्यलाई आजै पद तथा गोपनियताको शपथ खुवाउने तयारी छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु हुनेछ ।
उता सचिवहरुको शपथ पनि आजै हुँदैछ ।
Advertisement 1
संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिवमा सिफारिस दुबै जनाले पद तथा गोपनियताको शपथ लिदैंछन् । संघीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनियताको शपथ लिन लागेका हुन् ।
प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाको सचिवमा डा सुरेन्द्र अर्याल नियुक्त गत वैशाख २१ गते नियुक्त भएका थिए । संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गरेका हुन् । उनीहरु दुवैजना नेपालको संबिधानको धारा १०६ बमोजिम सचिब पदमा नियुक्त भएका हुन् ।