यातायात व्यवस्था विभाग हुँदाहुँदै किन चाहियो प्राधिकरण ?

सरकारले सार्वजनिक यातायातको व्यवस्थापन हेर्ने गरी शहरी यातायात प्राधिकरण गठन गरेर प्रमुख कार्यकारी अधिकृतमा सहसचिव कुबेर नेपालीलाई नियुक्त गरेसँगै सरोकारवालाहरुले यातायात व्यवस्था विभागको औचित्यमाथि नै प्रश्न उठाउन थालेका छन् ।
अस्तिको क्याविनेट बैठकले सहसचिव नेपालीलाई प्राधिकरणको ऐन अनुसार प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपालीलाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको नेतृत्व दिएर पठाएको हो ।

Advertisement 1

प्राधिकरण बनेसँगै १० महिना अघि नै ऐन बनेर रोकिएको ‘सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण’ को काम–कारबाही अघि बढेको हो ।

सार्वजनिक यातायातको क्षेत्रलाई हेर्ने छुट्टै निकाय बन्ने भएसँगै हालको यातायात व्यवस्था विभागको भूमिकामाथि प्रश्न उठेको छ ।

प्रकाशित :२०८० असार २१, बिहीबार १२:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry