कर्मचारीलाई कुट्ने पूर्वसांसद प्रहरी नियन्त्रणमा, नेता समात्न नपाइने मागसहित एमाले आन्दोलित
पूर्वाधार विकास कार्यालयका इन्जिनियरलाई कुटपिट गरेपछि पूर्वसांसद दानसिह परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परियारसँगै छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावल पनि पक्राउ गरेका छन् ।
Advertisement 1
पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दत्त बुढथापालाई शनिबार परियार र रावलले कुटपिट गरेपछि उनीहरू दुवै जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेटअनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाब दिँदा आफूले अस्वीकार गरेपछि कार्यालयभित्र हातपात गरेको र कार्यालय तोडफोेड गरेको प्रमुख बुढथापाको भनाइ छ ।
Advertisement 2
४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको जनाइएको छ । त्यसैअनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको उनले बताए । मुगुमा काम गर्न असहज भएको पनि बुढथापाले बताए । प्राविधिकहरुलाई पनि ज्यानमार्ने धम्कीले कर्मचारी त्रासमा छन् । एमाले नेता समातिएको विरोधमा सो पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।