ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ।

Advertisement 1

बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत अकेला एसीईओमा बढुवा भएका हुन्। उनी हाल बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा समेत कार्यरत थिए।

अकेलासँग बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव रहेको छ। उनले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००६ देखि भने उनी ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन्।

Advertisement 2

बैंकिङ क्षेत्रमा लामो समय काम गर्ने क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका विभागमा जिम्मेवारी सम्हालेका छन्।

अकेलाले ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

Advertisement 3

उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

जोखिम व्यवस्थापन तथा बैंकको समग्र कार्यसञ्चालनमा लामो अनुभव भएका अकेलाको बढुवाले बैंकको सेवा प्रवाह तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रकाशित :२०८३ आश्विन २१, बुधबार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम