सामान्य सचिवको जिम्मेवारी पुष्करलाई
सरकारले महिना दिन नबित्दै कृष्णहरि पुष्करलाई सरुवा गरेको छ । विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री नियुक्त भए लगतै अर्थ सचिवको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका सचिव पुष्करलाई आज बसेको क्याविनेट बैंठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
Advertisement 1
प्रकाशित :२०७९ माघ २३, सोमबार १९:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%