ऋृण मिलाइदिन बैंकका म्यानेजरले ९० लाख घुस लिएको आरोप

ऋृण मिलाइदिनका लागि बैंकका कर्मचारीले ९० लाख घुस लिएको आरोप लाग्यो । यो घुसकाण्ड सार्वजनिक भएको महिनौं दिन बितिसक्यो तर उक्त बैंकले यस्ता आरोपित कर्मचारीलाई कुनै कारवाही गरेका छैनन् ।

Advertisement 1

यो घुस प्रकरणको कहानी हो नेपाल एसबिआई बैंकको । उक्त बैंकका ब्रान्च मेनेजरले एक ऋृणिलाई ९० करोड ऋृण मिलाइदिए वापत एक प्रतिशत (९० लाख) घुस लिएको आरोप लागेको महिनौ भइसकेको छ ।

बचतकर्ता ठगीको आरोपमा पक्राउ गरेका शिवशिखर बहुद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बैंकबाट कर्जा लिँदा ९० लाख घुस बुझाएको बयान दिएका छन् ।

Advertisement 2

शर्माले एक बैंकबाट कर्जा लिँदा शाखा प्रवन्धकलाई ९० लाख घुस दिइएको तथ्य सार्वजनिक भएको छ । शर्माको कम्पनीलाई कमशल धितोमा एसविआइ बैंकले कर्जा प्रवाह गरेको मात्र भेटिएको छैन कि कर्जा लिँदा उसले एसबिआइको ब्राञ्च मेनेजरलाई घुस बुझाइएको तथ्यले बैंक क्षेत्रमा हलचल मच्चिएको छ । सिआइबीले तयार पारेको २७२ पनाको प्रतिवेदनमा एसबिआइ बैंकबाट ऋृण लिँदा बैंकका म्यानेजरलाई ९० लाख घुस लिएको बयानमा उल्लेख गरेका छन् । शिखर अर्गनाइजेशन नै बनाएर करिब ४० कम्पनी स्थापना गरेर व्यापार गर्दै आएका शर्मालाई प्रहरीले भरतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । अनुसन्धानकै क्रममा प्रहरीसँगको वयानमा शर्माले एसबिआई बैंकबाट ९० करोड रूपैयाँ ऋण लिँदा बैंकका म्यानेजरलाई ९० लाख घुस खुवाएको बताएका हुन । प्रति एक करोड एक लाख रूपैयाँको दरले कमिसनको रूपमा घुस बुझाएको बयान दिएका छन् । सिआइबीले बुझाएको प्रतिवेदनको पन्ना नम्बर ११५ मा शर्माले बैंकका ब्रान्च म्यानेजरलाई १ प्रतिशत अर्थात ९० लाख घुस दिएको बयान दिएका छन् ।

शर्माले घुस बापतको रकम एसबिआई बैंकका म्यानेजर मनोज गौतमलाई बुझाएका हुन । उनले वयानमा शिवशिखर सहकारीका सञ्चालक सदस्य पुष्कर मल्ल मार्फत घुस दिएको उल्लेख गरेका छन । शर्माले घुसकै प्रयोजनका लागि मल्लको व्यक्तिगत खातामा ८९ लाख १३ हजार रूपैयाँ जम्मा गरेको पनि बताएका छन ।

Advertisement 3

शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक समितिका सदस्य तथा शिखर अर्गनाइजेशनका मेनेजर पुष्कर मल्लको व्यक्तिगत खातामा जम्मा भएको ८९ लाख १३ हजार रकम समेत गरी ९० लाख एसबिआई बैंकका कमर्शियल ब्राञ्चका शाखा प्रबन्धक मनोज गौतमले शिवशिखर खाद्य उद्योगको नाममा स्वीकृत भएको ९० करोड ऋण बापत १ प्रतिशतका दरले हुन आउने रकम शिखर अर्गनाइजेशनको अफिसमा आई पुष्कर मल्लमार्फत ४० लाख र ५० लाख गरी ९० लाख लिएका शर्माकै बयानमा उल्लेख गरिएको भेटिन्छ ।

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र मोरङको विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालक केदारनाथ शर्मा हाल डिल्लीबजार कारागारमा छन् । दुईवटा सहकारीमार्फत निक्षेपकर्ताको साढे १५ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप लागेका उनलाई काठमाडौं जिल्ला अदालतले भदौ १३ गते पुर्पक्षका लागि जेल चलान गरेको हो ।

यता एसबिआई उनै केदारनाथ शर्माको शिखर अर्गनाइजेशन अन्तर्गतका विभिन्न ४ वटा संस्थामा १ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । शर्माले उक्त सहकारीबाट पैसा ल्याएर उद्योग स्थापना गर्दै आएका थिए । उनले विभिन्न प्रकारका उद्योग स्थापनार्थ नेपाल एसबिआई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, तत्कालीन मेगा (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) लगायत विभिन्न बैंकहरूमा उद्योग र यसका सम्पत्ति धितो राखेर करीब ५ अर्ब रुपैयाँ ऋण लिएका छन् । शर्माले ऋण लिएका बैंकहरूले उनको सम्पत्ति रोक्का गर्ने, धितोको सुरक्षा गर्नेसहितका कार्य गरिरहेका छन् ।

 

प्रकाशित :२०८० आश्विन २६, शुक्रबार १३:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry