५ करोड अकुत आर्जनको मुद्धामा सर्भेक्षकलाई सफाई,३० हजार खाने नासुलाई जेल

घुस लिनु र दिनु दुवै अपराध हो । एक रूपैयाँ घुस लिनेलाई समेत कानुनले नछाड्ने दाबी श्रीमानरूले गर्दै आएका छन् । राष्ट्रिय गौरवको सिक्टा सिञ्चाइ आयोजनाको ठेक्का पाएका र राप्रपाबाट शहरी विकासमन्त्रीसमेत बनिसकेका विक्रम पाण्डेलाई यही विशेष अदालतले अढाई अर्बको भ्रष्टाचार मुद्दामा सफाइ दिएको केही महिना मात्रै भएको छ । तर, त्यस्तालाई छोडेर विशेष अदालतले ३० हजार घुस लिने आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत बिन्दु प्रधानलाई कैद सजायँ सुनाए । उनका श्रीमान् रिह्याब सेन्टर’ मा छन् भने दुई छोरी पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा छ ।
यस्तै यही विशेष अदालतले झन्डै साढे पाँच करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लागेका नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेको दम्पतीलाई सफाइ दिएको छ ।

Advertisement 1

अख्तियारले २०७७ जेठ २७ मा काफ्ले दम्पतीलाई ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०५४ पुस १ मा अमिनका रूपमा सरकारी सेवा सुरु गरेका काफ्लेले २२ वर्षे जागिरमा हैसियतभन्दा बढ्ता आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको जिकिर थियो ।

अख्तियारले भ्रष्टाचारको रकमले काफ्लेले भक्तपुर र काभ्रेपलाञ्चोकमा ३३ कित्ताभन्दा बढी जग्गा खरिद गरेको दाबी गरेको थियो । अख्तियार अनुसन्धानमा काफ्ले दम्पतीका नाममा ७ करोड १७ लाख ४१ हजार १ सय ५० रुपैयाँ बराबरको सम्पत्ति फेला परेको थियो । त्यसमध्ये झन्डै साढे ५ करोड रुपैयाँको स्रोत खुल्न नसकेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

Advertisement 2

विशेषका यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले काफ्ले र उनकी पत्नी सुशीलालाई शुक्रबार भ्रष्टाचार भन्न नमिल्ने ठहर गर्दै अख्तियारको जिकिरलाई खारेज गरिदिएको हो ।

प्रकाशित :२०८० असार २३, शनिबार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry