दाङमा मात्रै नौ सय वटा लाइसेन्सप्राप्त हतियार

घोराही। दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न समयमा ९७६ वटा हतियार राख्नका लागि इजाजत प्रदान गरिएको छ।

Advertisement 1

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार लाइसेन्स प्राप्त हतियार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि अत्यन्त न्यून मात्रामा नवीकरण हुने गरेको छ। जिल्लामा चालु आर्थिक वर्षको फागुन महिनासम्म लाइसेन्स प्राप्त हतियारमध्ये ६७ वटा हतियारको मात्रै नवीकरण गरिएको जनाइएको छ। लाइसेन्स प्राप्तमध्ये धेरै हतियारको नवीकरण हुन सकेको छैन।

९७६ हतियारमध्ये एकनाले हतियार ७०३ र बारबोरलगायत ठुला हतियार २६३ वटा रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। जिल्लामा लाइसेन्स प्राप्त हतियारको अवस्था के कस्तो छ र उक्त व्यक्तिले हतियार राख्नुपर्ने अवस्था हो कि होइन भनेर बुझ्ने तयारी जिल्ला प्रशासनले गरेको छ।

Advertisement 2

प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लामा विभिन्न व्यक्तिसँग नौ सयभन्दा बढी साना ठुला लाइसेन्स प्राप्त हतियार रहेको जानकारी दिए। यीमध्ये अधिकांश हतियार नवीकरणसमेत नभएको बताइन्छ। लाइसेन्स प्राप्त हतियारबाट दुरुपयोग हुने समेत जोखिम भएकाले समयमा नवीकरण नहुने र राख्नुपर्ने आवश्यकता नभएका व्यक्तिको हतियार जफत गरिने जनाइएको छ।

बारबोर, पेस्तोल, राइफल, भरुवा बन्दुकलगायतका हतियार राख्नका लागि इजाजत दिइएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा छ। प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार हातहतियारको दुरुपयोग बढ्न सक्ने भएका कारण जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर हतियार नवीकरण गर्न नआउनेका हतियार जफत गर्ने तयारी छ।

प्रकाशित :२०८० चैत्र ९, शुक्रबार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry