कर्मचारीको मोवाईल र इन्धन खर्च कटौती

खर्चमा मितव्ययीता अपनाउने भन्दै बुटवल उपमहानगरपालिकाले कर्मचारीहरूको इन्धन र मोबाइल खर्च कटौती गरेको छ।

Advertisement 1

नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले नगरको खर्चमा मितव्ययीता अपनाउने भन्दै कर्मचारीलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको हो।

वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गर्दै मंसिर भित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघ भित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने निर्णय गरिएको नगर प्रवक्ता शिव रानाले जानकारी दिए।

Advertisement 2

बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिए।

प्रकाशित :२०७९ भाद्र ५, आईतवार १६:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry