आज सिंहदरवार घेराउ क्यान्सिल

आज स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरवार घेराउ गर्ने कार्यक्रम स्थगित भएको छ।सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत रकम हस्तान्तरण गर्ने भएसँगै जनप्रतिनिधिहरूले सिंहदरवार घेराउ गर्ने कार्यक्रम स्थगित भएको हो ।

Advertisement 1

हिजो बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने निर्णय हो । गत वैशाख २ गतेको मन्त्रीपरिषद्को बैठकले २०७९/०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सम्मानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौति गरेको थियो ।संवैधानिक हक खोसिएको भन्दै प्रधानमन्त्री, अर्थमन्त्री र वित्त आयोग गुहारेका स्थानीय तहका जनप्रतिनिधिले शुक्रबार सिंहदरबार घेर्ने चेतावनी दिएपछि सरकारले कटौती भएको रकमको ४० प्रतिशत फुकुवा गरेको हो।

धादिङको नीलकण्ठ नगरपालिकाका मेयरसमेत रहेका नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संवैधानिक अधिकारको पुनर्स्थापना भएको बताए। योसँगै आन्दोलन स्थगित भएको उनले बताए।

प्रकाशित :२०८० असार २२, शुक्रबार १०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry