पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’

कोरोनाको दोश्रो लहर फैलिएसँगै बिहिबारबाट मुलुकका केही जिल्लामा लकडाउन शुरु भएको छ ।
लकडाउनको समयमा पनि सरकारले सरकारी कार्यलय,बैंक तथा बीत्त कार्यलयहरु भने खोलेको अबस्था छ ।
सरकारले निषेधाज्ञा अवधिभर सरकारी कार्यालयमा न्यूनतम कर्मचारी उपस्थित हुने र अन्य कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।
जसअनुसार,निषेधाज्ञा भएका सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयका प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिएको छ ।
जसअनुसार घरबाटै गर्न सकिने कामको हकमा ‘वर्क फर्म होम को व्यवस्था मिलाउनुपर्नेछ ।

Advertisement 1

यस्तै पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’ दिन सरकारले निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि ती संवैधानिक लगायत विभिन्न निकायमा यही वैशाख १५ गते पत्राचार गरी सो जानकारी दिएको हो । जसअनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालय प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम पुनः सञ्चालन राख्ने व्यवस्था मिलाउने र घरबाटै गर्न सकिने कामका हकमा घरबाटै गर्ने र पालोमा अनुपस्थित हुने कर्मचारीका हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउनुपर्नेछ ।

प्रकाशित :२०७८ बैशाख १७, शुक्रबार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry