यी हुन चुनावपछिको पहिलो क्याबिनेट बैठकका २४ निर्णय
गत मंसिर चारमा सम्पन्न निर्वाचन पछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले दुई दर्जन निर्णय गरेको छ ।हिजो बसेको क्याविनेटले गरेका दुई दर्जन निर्णय आज सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका छन् ।
Advertisement 1
जसअनुसार,आवश्यक सेवामा हड्ताल निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वेबाट प्राप्त हुने करिब दुई अर्ब ५७ करोड र फिनल्याण्डबाट दुई अर्ब ५४ करोड अनुदान स्वीकार गर्ने निर्णय क्याविनेटले गरेको छ ।
Advertisement 2
त्यस्तै,मंसिर १९ देखि २१ गतेसम्म पाकिस्तानको इस्लामावादमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा।दिलबहादुर गुरुङ्ग नेतृत्वको भ्रमण टोलीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ । यस्तै नगद लेखाप्रणालीमा आधारित वित्तीय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखापाल, नेपाल सरकार,प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयन गर्ने क्याबिनेटको निर्णय छ ।
Advertisement 3
कर्मचारी सञ्चय कोषको प्रशासक पदमा जितेन्द्र धिताललाई नियुक्त गर्ने,किमाथाँका,अरुण जलविद्युत आयोजना र लेखनाथ दमौली २२० केभी प्रशारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने, सेती नदी जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि भएको छ ।
माथिल्लो ठूलो जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र दूधपोखरी तेपे जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिनेलगायतका निर्णय हिजोको बैठकले गरेको छ ।