सहसचिव इ. गणेशराज वस्तीको कविता :- अचम्म लाग्छ


किन किन !
आज यो डाँडामा
विरुवा केही
भेटिएनन्

Advertisement 1

डाँडो उस्तो कि
विरुवा हो उस्तो !
भन्न के सक्छु र ?
एकदिने यात्री
म यस्तो !

न छ माटो
न त मल कतै !
थिए जता यी
लागे कि त्यतै !

Advertisement 2


हो ठिक के !
बोलुँ के
पत्तो भएन !
न घाँस छ !
न त विरुवा अरु नै !
केही रहेन !


सधैं रुने न्याउलि पनि
बसाइँ सरेछ !
लालिगुराँस पनि
गर्मी खपौँला भनि
बेसिमा पो झरेछ !

Advertisement 3

हरियो घाँस सबै मरेछ !
बस्तुभाउ पनि
गएर अन्तै
त्यतै त्यतै चरेछ !


ढुङ्गो लखेट्ने
पहरो चिथोर्ने
रुखो पथ्थरिलो
माटो रहेछ मुटुनै कोपर्ने !


कस्तो डाँडो यो
एकलकाटे जस्तो !
न छ विरुवा !
न त जन्तु केही !
अचम्म लाग्छ मलाई !
देखेर यही !

प्रकाशित :२०७७ फाल्गुन १५, शनिबार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry