अनामिका

आज शनिवारको दिन । रमाइलो क्षण । आनन्दित महसुस भैरहेको छ । त्यसैबेला अनामिकाको मिल्ने साथी दिब्याले फोन गर्छे र पुराना यार भनाउँदा हरिराम र प्रेमको समाचार सुनाउँदा झस्किन्छे जसलाई न्यानो सम्बनधको आशामा रहर वा वाध्यताले आफ्नो शरिर सुम्पेकि हुन्छे । हरिरामलाई आज बलत्कार अभियोगमा प्रहरीले अनुसन्धान चलाइराखेको हुन्छ भने प्रेमको पूर्व सम्बन्धको कारण सम्बन्ध बिच्छेद ।
जब उच्चमाध्यमिकको पढाइसकेपछि स्नातक गर्दै अनामिकाले खरिदार र ना सुको तयारी गरिरहेकी थिई । उसको पढाइ बाहेक अनेत्र ध्यान थिएन । साथीको खोजिपनि थिएन । दिनभर पढ्थी र विश्राम गर्दा मोबाइल खोलेर च्याट लिस्ट हेर्नुको साटो लोकसेवा तयारी सम्बन्धि पेज र ग्रुपमा गएर अध्ययन गर्ने र सहि उत्तरमा कमेन्ट गर्ने बानी परेको थियो । जहाँ लोकसेवा सम्बन्धित उत्प्रेरणामुलक कुरा र प्रश्न राख्नेमा विश्वजीत अगाडि थिए । पहिलो कमेन्ट र सेयर अनामिकाको हुन्थ्यो । अनामिकाको कमेन्ट र सेयरको आशामा विश्वजीतले पोस्ट गरे वा विश्वजीतलाई हौसला दिन अनामिकाले त्यस्तो गरिन दुवैलाई वास्ता भएन । भविष्यको योजना बुन्नमा दुवै ब्यस्थ थिए । केटीसँग गफिन थालेमा पढाइ विग्रनेमा विश्वजीत विश्वस्थ थिए । लोकसेवा सम्बन्धि अध्ययन सामग्री पढ्ने ,पढाई समयमा लोकसेवा सम्बन्धित ग्रुपमा र पेजमा प्रश्न राख्ने बेला बाहेक फेसबुक डिएक्टििभ गर्ने धेरै बोल्न खोजे केटीलाई अन्फ्रेण्ड गर्ने उनको नियति थियो । यो बेलाको लोकसेवा पास गर्नेको सुचिमा अनामिकाको नाम अनुमान गरिसकेका थिए किनकी उनलाइ गाह्रो लागेर फेसबुकमा छलफलकालागि राखेका ५० भन्दा बढी प्रश्नमा अनामिकाले पहिलो कमेन्टमा सहि जवाफ दिएकी थिई जसमध्ये ३ प्रश्न परीक्षामा सोधिएको थियो । दुवैले लोकसेवा सम्बन्धि प्रश्नको छलफल बाहेक प्राइभेट च्याट गर्न दुवैले आवश्यक ठानेनन् र बोलेनन पनि ।
लोकसेवाको परीक्षा नजिकियो अनामिका परीक्षा दिन काठमाडौँबाट सुर्खेत रात्रिवसको टिकट लिएर आइन । सँगैको सिटमा बस्ने हरिराम पनि नासुको परीक्षा दिन जादैँ रहेछन । रातभर कुरा भयो सँगै फर्किने सल्लाह भयो सँगै फर्किने क्रममा परीक्षा सम्बन्धि कुरा कम अन्य कुरा बेसी भए। फेसबुक आइडी र फोन नम्बर साटासाट भयो । त्यति राम्रो वर्णकी सोझी केटीले सबै कुरा बताएपछि हरिरामको मनमा लड्डु फुर्यो उसलार्ई फकाउने तानाबुना बन्न थाल्यो । कोठामा पुग्नासाथ चिल्ला कुरा गरेर प्रभावित पार्न थाल्यो । विद्युतीय सम्पर्कले नजिकिन थाले । हरिरामका चिप्लाकुरामा अनामिका लडिसकेकी थिइ । केहि समयपछि नतिजा सार्वजनिक भयो । विश्वजीत खुलातर्फ अगाडि नै सिफारिस भए । हरिरामको समावेशी कोटामा नाम निस्किियो अफसोच अनामिका असफल भइन ।

Advertisement 1

अनामिकाले लोकसेवा तयारीमा छलफल गर्ने विश्वजीतलाई बिर्सिसकेकी थिइन । हरिराम सरकारी जागिरे भएपछि मायाको सामिप्यता झन बढ्दै गयो । निजामति किताबखानामा सिटरोल भर्न जाँदा हरिरामसँगको पहिलो डेटिङ्क भयो । माया झन चुलिदै गयो । अर्को पटक काम विशेषले हरिराम काठमाडौँ आए सुन्धरास्थित गेस्ट हाउसमा बसेको अनि भेट्ने इच्छा भएको धेरै माया लागेर मायाको चिनो कुर्ता ल्याइदिएको लिन बोलाए । भेटमा कुराकानी भयो । अनामिका सुरुमा सिरानीतिर र हरिराम झ्यालतिर बसेकोमा विस्तारै भौतिक दुरी कम हुँदै गयो अनामिका हरिरामको मायाको पासामा फसेर मायाको अँगालोमा बाँधिइ । हरिरामको प्रस्ताव नकार्न नसकी आफ्नो कुमारित्व सुम्पिई । हरिराम केटीको कुमारित्व लुट्नुमा आफ्नो बहादुरिता सम्झने केटा थियो । अनामिकाकोे विभिन्न बहानामा हरिराम सिफारिस भएको जिल्लामा गएर भेट्ने क्रम रोकिएन । तन मन साटासाटको क्रम चल्यो । हरिरामसँग घुम्न जाँदा , होटेलमा खाजा खान जाँदा अरुले देखे नाम जोडेर जिस्काए सारै खुसी हुन्थी । अर्को साल अनामिकाको नासुमा नाम निस्कियो । अब दुबैको कार्यालय ब्यस्थताले भेट पातलियो ।

सम्बन्ध धेरै लामो भए केटीलाई छोड्न गाह्रो हुने कुरामा हरिराम चिन्तित भयो र जुन उद्धेश्यले बोल्यो सोहि पुरा भएपछि छोड्नुको विकल्प देखेन । एकचोटी अनामिका राजधानी भएको बेला हरिराम पनि राजधानी आएको थियो भेट्न अनामिकाले अनेक प्रयास गरी हरिरामले भेट्न मानेन ब्यस्थताको बहाना बनायो । कुरा कम गर्न हरिराम खोज्दा पनि अनामिका मायामा पागल भैसकेकीले छोड्न मानिन । त्यसको एक महिनापछि शारिरिक कामवासनाका लागि सम्बन्ध गाँसेको र सोहि पुरा भएकाले आजको एक्काइसौँ शताब्दीमा समेत फरक जातको कारण बिहे गर्न समस्या हुने बहाना देखाउँदै टाढिन प्रयास गर्यो । अनामिका झन नजिक हुन थालि अनि फेसबुकमा र मोबाइलमा ब्लक गरेर टाढियो तर पनि अनामिकाले त्यसलाई नै साह्रै माया गरेकी हुन्थी ।
केहि समयपछि अनामिकाको अफिसमा हाकिम फेरिन्छन ।

Advertisement 2

प्रेम नाम गरेका अग्लो उचाई, गहुँगोरो जीउडाल, सर्लक्क कपाल कोरेर हेर्दै हिरो जस्तो देखिने हाकिम देख्दा अनामिकाको मनमा भुकुम्प जान्छ । हरिरामसँग मन भुलाउन पनि बोल्न बाध्य हुन्छे । केहि समयपछि प्रेमले प्रेम प्रस्ताव गर्छन । आफ्नै हाकिमले प्रेम प्रस्ताव गर्दा कसको मन प्रफुल्ल हुदैन र अनामिका मख्ख पर्छे । कुरैमा हरिरामले धोका दिएको भन्छे प्रेमको मन परिवर्तन हुन्छ । प्रेम पनि आफूँ बाहेक अरु केटीसँग जिस्केको अनामिकाले थाहा पाएपनि बिहेपछि सुधार्छु भनेर कुनै प्रवाह गर्दिन । प्रेमलाई साह्रै माया गर्छे तर अन्त्यमा प्रेमले पनि अर्को केटिसँग बिहे गरेको थाहापाएपछि आँखा देख्दिन धर्ति भाँसिएजस्तो हुन्छ ।
भेरीमा धेरै पानी बगिसकेको हुन्छ । कमलो मनका धनि महिलाको साह्रै इज्जत गर्ने सवैप्रति आदरभाव गर्ने र सबैलाई पढ्ने कुरामा हौसला दिने विश्वजीत भविष्यका खाका कोर्दाकोर्दै पिएचडि गर्ने योजना छन र नासुको परीक्षामा मेहनतले साथ दिएपनि अधिकृतमा अनामिकाको हाकिम प्रेमसँग परीक्षा दिदा र अर्कोपटक झिनो अंकले वैकल्पिक पर्दा हतोत्साहित भएका हुन्छन । सँगै तयारी गरेर अधिकृत बन्ने र उसलाई पनि अधिकृत बनाउन खोज्ने केटीको खाजीमा हुन्छन पुनः कुराकानी अनामिकासँग हुन्छ । दुबैले पुरानो सम्बन्ध बिर्सिसकेका हुन्छन फेसबुक मेमरीले याद दिलाउँछ । अनामिकाको जागिर र पढाई पत्ता लगाएपछि उसैको बन्धनमा बाँधिने र उसले सोच्दै नसोचेको सुख र पढाइमा सहयोग गरेर सँगै अधिकृत बन्ने योजना हुन्छ । यहिँ उद्धेश्यले बोल्छन भने अनामिकाले धेरैपटक ठक्कर खाएकोले मन पग्लिदैँन ।

अरु केटाले आफुलाई टाइमपास गरेजस्तै त्यो पनि यस्तै होला सोचि टाइमपास गर्ने शैलीमा बोल्छिे । धेरै निकट हुन थालेपछि त्यसलाई छुटाउन विगतको सबै कथा बताउछिन तर उनी रिसाउनुको सट्टामा झनै माया पलाउँछ । हरिरामको नाम सुन्ने वित्तिकै विश्वजीतले सबै कुरा चाल पाइसकेको हुन्छ र बुझिसकेको हुन्छन बिचरालाई सोझो देखेर फसाएछ । विश्वजीत रिसाउने र टाढिनुको साटो उनीलाई दुख दिनेको सामु झनै उच्च ओहोदामा अनामिका पुगेको देखाउन चाहन्छन ।
यति माया विश्वजीतले गर्दापनि नि एकदिन उनीलाई दुख दिने हरिरामले पत्रिकामा छापेको कथालाई बधाइ भनेर सेयर गर्छिन र विश्वजीतको मन खिन्न हुन्छ र झगडा पनि पर्छ । विश्वजीतलाई भन्छिन समान पदको केटा मन पर्दैन ।

Advertisement 3

विश्वजीत सोच्छन आखिर हरिराम पनि मेरै पदको थियो जसकालागि ज्यान दिन यो तयार छ जुन केटाको चरित्र ठिक छैन मलाई यस्तो किन भन्छे पढाई बानी ब्यहोरा सबैमा त्यो भन्दा म अब्बल छु । सायद पारदर्शिभन्दा झुटो सम्बन्धमा केटकिो विश्वास हुँदो रैछ । अर्को दिन पढ्नमा हौसला प्रदान गर्न अधिकृतको किताब गिफ्ट दिन्छन । किताबको पाना नपल्टाउदै अर्को अधिकृतसँग मस्किदैँ फोटो पठाउँछिन र भन्छिन यस्तै किताब लेख्नु म सहयोग गर्छु । यस्तो पढाइमा सपोर्ट गर्दा यो केटीको मन किन परिवर्तन भएन भनेर भावविह्वल हुन्छन विश्वजीत । यस्तै कुराकानीमा तिमी भन्दा राम्रो केटालाई प्रपोज गर्छु भनेर जिस्काउछिन । विश्वजीत यस्तो मन परिवर्तन नगर फेरी हरिराम र प्रेमसँगको जस्तो धोका पाउनुपर्छ मन शान्त गरेर पढ भन्छ । सधैँ विश्वजीतलाई हरिरामसँग तुलना गरेर विश्वजीतलाई हेप्छिन त्यो यो काममा अगाडि भनेर तर उनको अनुहारमा हरिरामले कालो पोतिदिएको बिर्सिसकेकी छिन ।

तिमीसँग बोल्नु भनेको फस्नु रहेछ सधैँ झगडा पर्छ हरिराम र प्रेमसँग कहिल्यै परेन । तर उनले सधैँ विश्वजीतको आन्तरिक क्षमता नबुझेर अरुको प्रशंसा नै झगडाको मूल जड हो भनेर बुझेकी छैनन । विश्वजीत आफूँलाई धिक्कार्छन मैले खराब नियतले बोल्थे भने पक्कै अनामिका प्रभावित हुन्थिन होला । आखिर मैले सहयोग गरे अनामिकालाई उच्च पदमा पुर्याउन सक्छु म नि उच्च ओहोदामा पुग्न सक्छु । सहयोग गर्नु फसाउनु हो र । यस्तै क्रियाकलापले गर्दा त होला नि श्रीमानले माया गर्दा गर्दै परपरुषसँग लाग्दा बेचिएको घटना समाचारमा छाएको । अरुबेला ब्यस्थ भएपनि अनामिकाको अगाडि सधैँ फुर्सदिलो देखिने गर्दछन र विश्वजीतलाई हावाको संज्ञा दिएकी छन । उनको मन विश्वजीत प्रति यस्तो ब्यबहार गरेकोले झगडा परिरहन्छ । उनले सोच्छिन यस्तो झगडा पर्नेसँग के सम्बन्ध टिक्ला र ? तर विगतको झुटा प्रलोभनप्रतिको आगाध श्रद्धाले यस्तो भएको हो ।
हरिरामले अनामिकाको चरित्र हत्या गर्दै हिड्छ यो कुरा विश्वजीतको कानमा पर्छ र सह्य नभै उ सँग झगडा गर्छ ।

यो कुरा विस्तारै बुझेपछि अनामिकमा पनि हरिरामप्रतिको घृणा र विश्वजीत प्रति माया पलाउदै जान्छ । प्रेम सफल पार्ने कुरामा समान तहको सँग बिहे कसरी गर्नु भन्ने सोच्छिे उनका साथिले सचिव बन्ने हैसियतको पढाइमा अब्बल छ । यो केटाले सहयोग गरेमा तिम्रो छिट्टै उन्नती हुन्छ । तिमी सम्बन्धमा बसेजतिमा मनको सफा मान्छे यहि हो भनेपछि सम्बन्धलाई बिहेमा डराएर रुपान्तरण गर्छिन । एक अर्काको साथले दुबै अधिकृत १ बर्षभित्र बन्छन । अगाध मायाले गर्दा विश्वजीत प्रति गरेको पहिलको घटनाले आज पश्चाताप गर्छिन । आज जुन अवस्थामा छु विश्वजीत नभएको भए हुने थिएन ।हरिराम पुर्व विश्वजीतसँग सम्बन्ध भैदिएको भए त सोच्दैछिन । यदि म हरिराम वा प्रेमसँग भैदेको भए यति आनन्द हुन्थ्यो त आखिर मान्छे चिनेर मात्र सम्बन्ध गाँस्नुपर्ने रैछ । कसैलाई तत्काल हेरेर हेप्नु हँुदोरैनछ । पढेर भन्दा परेर सिकिदो रैछ ।

प्रकाशित :२०७७ भाद्र ११, बिहीबार ०९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry