‘न्यायको खोजीमा’

हामीले कसैको सिट
काटियोस् भनेका छैनौँ
कुनै विज्ञापनको पद
खारेज गरियोस् भनेका छैनौँ
र त्यसैमा हामीलाई
मिलाइयोस् पनि भनेका छैनौँ

Advertisement 1

हामीले कुनै पद लुकाएका
वा गुम गरेका छैनौँ
कसैमाथि कुनै किसिमको जालझेल
वा षड्यन्त्र पनि गरेका छैनौँ
हामीले कसैको मौलिक हक हनन गरेको
वा कसैको मानवअधिकारमा
धक्का पुर्‍याएका पनि छैनौँ

हामीले त विशुद्धः
हामीसँगको करार बमोजिमको
दायित्व पूरा होस् भनेका छौँ
बन्द खाम भित्रको हाम्रो भविष्य
खुला गरियोस् भनेका छौँ
कसैको गल्तिको सजाय
हामीलाई नदिइयोस् भनेका छौँ

Advertisement 2

हाम्रो के गल्ति छ र श्रीमान् ?
हामीले पुस्तक पढ्यौँ !
के त्यो गल्ती थियो ?
हामीले परीक्षा दियौँ !
के त्यही गल्ती गर्यौँ हामीले

वा पास हुनु हाम्रो गल्ती थियो १?

Advertisement 3

होइन भने,
हाम्रो मेहनत माथि
किन औँला ठड्याइन्छ ?
हामीले गरेको परिश्रम माथि
किन आँखा लगाइन्छ ?
हामीलाई न्याय चाहिएको छ श्रीमान् !
हामी न्यायको खोजीमा छौँ

हामीलाई जन्माउने आमा पनि
बन्धक बनेकी छिन् आज
उनी सबथोक देख्छिन्
तर नदेखेझैँ गर्न बाध्य छिन्
उनले सबैकुरा सुनेकी छिन्
तर नसुनेझैं गर्न बाध्य छिन्
उनका हातखुट्टा बाँधिएका छन्
उनी बोल्न सक्दिनन्
उनको ७० वर्षीय वृद्ध शरीर
नराम्रोसँग थलिएको छ आज

सायद !
उनी पनि न्यायको खोजीमा छिन् !
हामीजस्तै ।।
(लोकसेवाको शाखा अधिकृत परीक्षाको नतिजा प्रतिक्षारत परीक्षार्थीहरुको तर्फबाट)

प्रकाशित :२०७८ आश्विन ११, सोमबार १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry