सरकारी सिन्दुरसँगै साहित्य- श्रृजनामा
सरकारी जागिरबाट निवृत्त भएपछि नामको अघि भूपु जोडिहाल्छ । तर साहित्य,श्रृजना भन्ने चिज यस्ता हुन् जस्मा समर्पित व्यक्ति कहिल्यै भूपु हुँदैन् ।
आज हामी सरकारी सिन्दुर पहिरिएर सेवासँगै साहित्य र श्रृजनाका आकाशमा होमिएका केही कर्मचारीका बारेमा चर्चा गर्नेछौं ।
Advertisement 1
धेरैलाई थाहा नहुन सक्छ । अहिलेका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया गीतकार पनि हुन् । संखुवासभाको एउटा गाउँमा जन्मिएर निजामती सेवामा प्रवेश गरेका उनी लामो समयसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिताए । आज उनी सरकारी सेवामा जुन तहमा पुगेका छन् त्यसभन्दा कम छैन उनको सांगीतिक करिअर । उनको चर्चित गीतमध्ये एक हो आइलभ यू भन्न मन लाग्यो । पछिल्लो समय रिलिज गरिएको अनि ईन्दिरा जोशी र सरोज ओलीले गाएको आई लभ यू भन्न मन लाग्यो बोलको गीत झण्डै तीन करोडले हेरिसकिएको छ । यो गीत युट्युमा यति चर्चित छ भने उनका अन्य गीत पनि कम छैनन् । तीन वटाभन्दा बढी एल्बम नै निकालिसकेका लेखक दिनेश थपलियाले लेखेको माछीले खाने खोलीको लेउ बोलको गीतमा सरोज ओली र मेलिना कार्कीको स्वर सुन्न सकिन्छ । यो गीतले तीन करोड ६० लाख भन्दा बढी भ्यू बटुलेको छ ।
थपलियाझैं यसरी जागिरसँगै साहित्य श्रृजनामा सक्रिय हुने अर्काे प्रशासक हुन् केदार पनेरु । सेतो याक नामक औपन्यासिक कृति बजारमा सार्वजानिक गरेका उनको मौनताले तिम्रो मेरो गीति एल्वम सार्वजनिक गरिसकेका छन् । उनी दोश्रो गीति एल्वम लिएर आउने तयारी गर्दैछन् ।
यस्तै अर्काे उप सचिव माधव ढकालको चर्चित गीत”तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ बोल”को गीत बर्षको सर्वोत्कृष्ट गीतको अवार्ड समेत हात पार्न सफल रह्यो ।
उनै ढकालले केही अघि बजारमा ल्याए दोश्रो गीति एल्वम “तिम्रो महल” । रामकृष्ण ढकालको स्वर रहेको सो गीत अहिले सामाजिक सञ्जाल युट्युबमा सात लाख ३६ हजार बढीले हेरिसकेका छन् ।गजल लेखनमा बढी रुची राख्ने ढकालले ०६४ सालमै गजल संग्रह प्रकाशमा ल्याए । तीन बर्ष पछि ०६७ मा पहिलो चर्चा एल्वम बजारमा ल्याएका उनी साहित्य र श्रृजनामा जमेर लागेका राष्ट्रसेवक हुन् । ढकालमा साहित्यिको नशा कस्तोसम्म छ भने सरकारी सेवामा प्रवेश गर्नु अघि एक साहित्यिक पत्रिकाको सम्पादक रहेर पनि काम गरे ।
Advertisement 2
यही भीडमा थपिँदै छन् अर्काे सचिव सुरेश आचार्य।
नेपाल सरकारका सचिव सुरेश आचार्यको परिचय अब कुशल प्रशासकमा मात्र सीमित रहेन् । बढूवा भए लगतै सुरेश आचार्य “तिम्रो प्ररेणा”ले नामक गीति एल्वम लिएर आउँदैछन् । सागीतिक फाँटमा सियारा आचार्यका नामले परिचित उनको पहिलो गीति एल्वम आउँदो साता सार्वजनिक हुँदैछ । सो एल्वमभित्र ए अधूरो जीवन,प्रेरणा दियौं,मुलुकले आज,म परदेश जाँदा,कति तीता मीठा,कहाँ पोखौं मेरो माया,तिमी अकाश छुन खोज्थ्यौं लगायतका गीतहरु समाबिष्ठ छन् । अस्ति आइतबार नगरकोटमा पूर्व प्रशासक एस्पी कोइराला,आनन्द कोइराला,आइजी दुर्जे कुमार राई,व्यापारी,बैंकरहरु सम्मिलित दाँवाली मिलन क्लव आचार्यलाई अभिनन्दन गर्दै गीतको प्रोमो सार्वजनिक भएको छ ।
यसरी सरकारी जागिरसँगै साहित्य र श्रृजनामा होमिनेहरुमा पूर्व सचिव दिनेशहरि अधिकारी,चन्द्र घिमिरे,कालिप्रसाद रिजाल, मुख्य सचिव भोजराज घिमिरेसम्म छन् । सह सचिवबाट अवकाश पाएका प्रतिक ढकाल नियात्राकारको रुपमा चर्चित छन् । उनीहरुजस्तै एस्पी कोइराला,चुणामणि देवकोटा,शक्ति वल्भव,गणेशराज बस्तीहरु जागिर र साहित्य श्रृजना सँगसँगै लैजाने प्रशासकहरुमा पर्दछन् ।
हाल राष्टिरय पुननिर्माण प्राधिकरणमा कार्यरत सह सचिव (प्रा) गणेशराज बस्ति संघर्ष कृति प्रकाशमा ल्याएका छन् । हाल बाग्मती प्रदेशका प्रमुख सचिव डा मानबहादुर विके,शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीहरु समेत साहित्य श्रृजनासमेत उत्तिकै सक्रिय प्रशासक हुन् ।