रसुवागढी हाइड्रोपावर कम्पनीले करार सेवामा वित्त प्रमुख माग्यो

काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले करार सेवामार्फत कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले प्रकाशित गरेको सूचना अनुसार केन्द्रीय कार्यालयका लागि वित्त प्रमुख पदमा १ जना कर्मचारी नियुक्त गरिनेछ।

Advertisement 1

उक्त पदका लागि आवेदकले चार्टर्ड एकाउन्टेन्ट (सीए) उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नेपाल सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव अनिवार्य गरिएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले कम्पनीले तोकेको प्रक्रिया र समयसीमाभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्न सक्नेछन्। आवेदन, छनोट प्रक्रिया तथा अन्य विस्तृत जानकारी कम्पनीले प्रकाशित गरेको आधिकारिक सूचनाबाट प्राप्त गर्न सकिनेछ।

Advertisement 2

प्रकाशित :२०८३ असार २८, आईतवार १०:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry