निजामती कर्मचारी अत्यधिक रुपमा कामचोर, १ हजार ३९ जना कर्मचारी फन्दामा
मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारभित्रै निजामती कर्मचारी अत्यधिक रुपमा कामचोर देखिएका छन्। समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ।
Advertisement 1
माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन। यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ। कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा आकस्मिक छड्के जाँच गरेको छ। छड्के जाँचका क्रममा सयौं कर्मचारी बिनाजानकारी अनुपस्थित रहेको पाइएको छ। केन्द्रका अनुसार चालु आर्थिक वर्षमा राजधानीका ४७ कार्यालयमा गरिएको अनुगमनमा ८८९ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ । यस्तै १५० कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव सुरेश आचार्यले जानकारी दिए ।
Advertisement 2
कान्ति बाल अस्पतालका तोकिएको समयमा कार्यालयमा नआएको ४ जना र तोकिएको पोशाक नलगाउने ११ जना, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका ३२ जना, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका ११ जना, वन तथा वातावरण मन्त्रालयका ३३ जना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका १९ जना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १६ जना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ९२ जना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५६ जना, शहरी विकास मन्त्रालयका ७ जना, गृह मन्त्रालयका ६५ जना, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका २९ जना, खानेपानी मन्त्रालयका ४ जना, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका २५ जना, अर्थ मन्त्रालयका १० जना, परराष्ट्र मन्त्रालयका १९ जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका ४७, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका ८ जना, कृषि तथा पशुपन्छी मन्त्रालयका ५४ जना, रक्षा मन्त्रालयका १० जना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका १५ जना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका ६ जना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ४१ जना
, युवा तथा खेलकुद मन्त्रालयका ६ जना, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका १९ जना, निजामती अस्पतालका २०३ जना, भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंका ४ जना, नापी कार्यालय, काठमाडौका ६ जना, नेपाल वन निगम लिमिटेडका ४ जना, नेपाल गुणस्तर तथा नापतौल विभागका ३४ जना, टोखा नगरपालिकाका २८ जना नापी विभागका ९ जना, वैदेशिक रोजगार विभागका १२ जना, नापी कार्यालय, कलंकीका २ जना, उद्योग विभागका ४ जना, यातायात व्यवस्था कार्यालय, चावहिलका ७ जना, कम्पनी रजिष्ट्रारको कार्यालयका ११ जना, वन तथा भू-संरक्षण विभागका ५ जना, यातायात व्यवस्था कार्यालय, मोटरसाईकल वागमती, गुर्जुधाराका ३ जना, ३१ नं. वडा कार्यालयका ५ जना, मालपोत कार्यालय, कलंकीका ८ जना, शहरी विकास तथा भवन निर्माण विभागका २६ जना, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका १३ जना, १४ नं. वडा कार्यालयका ७ जना, यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङका ३ जना, यातायात व्यवस्था सेवा कार्यालय, सानो भरयाङका ३ जना, ३२ नं. वडा कार्यालयका ३ जना गरी १ हजार ३९ जना कर्मचारी फन्दामा परेका छन् ।