कान्छो सहसचिवको संघर्षको कथा
दृढ इच्छाशक्ति र संकल्प हुनुपर्दछ मनमा । असम्भव केही छैन दुनिँयामा । यो संसार नै जित्नेहरुको हो । तिनैको लेखिन्छ इतिहास । तिहारकै मुखमा एक निजामती कर्मचारीले रेकर्ड ब्रेक गरेका छन् । हार्नेहरु त कहाँ छुट्छन कहाँ इतिहासको पानामा । यस्तै रकेर्ड कायम गराएका छन् सीमान्तकृत समुदायबाट उठेका मेखबहादुर मंग्रातीले जस्ले कान्छो सहसचिवको रुपमा आफूलाई उपस्थित गराएका छन् । २३ वर्षको उमेरमा खरिदार बनेर ३५ वर्षको उमेरमा सहसचिवको यात्रा तय गरेका छन् । ३५ वर्षको उमेरमै सहसचिवमा उक्लिनका लागि उनले कम्ता पापड पेलेका छैनन् ।
Advertisement 1
तिहार अघि मात्र एकै पटक १८ जना कर्मचारी सहसचिव तहमा उक्लिए । आन्तरिकतर्फबाट १२ जना र खुल्ला प्रतिष्प्रर्धाबाट माधवप्रसाद पोखरेल,तीर्थराज चिलुवाल,रामचन्द्र तिवारी,भोला दाहाल,रेखा दास र मेखबहादुर मंग्राती सहसचिव पदमा बढुवा भएका हुन् । यस्तै परराष्ट्र सेवाबाट सुरेन्द्र कुमार यादव,न्याय सेवाबाट रामप्यारी सुनुवारसहित ६ जना छन् । तिनैमध्येका एक हुन मंग्राती ।
सिन्धुलीको ढकालगाउँमा २०४३ भदौ ९ मा जन्मिए । पिता भक्त र माता लिलावतीको कोखबाट । कान्छो छोरो,मायाको डोरो भन्छन् । पञ्चायत,प्रजातन्त्र,लोकतन्त्र हुँदै मुलुक त गणतन्त्रमा प्रवेश गरिसकेको छ । अनेकन् तन्त्र फेरिएर के गर्नु ? दलितलाई हेर्ने मानिस र समाजको धारणा अझैं उस्तै छ । ३६ बर्ष अघि दलितको कोखबाट जन्मिए । उच्च जातको थिचो मिचो अन्याय,अत्याचार सहँदै हुर्किए ।
Advertisement 2
प्रशस्त जग्गा जमिन थिएन् । बिहान खाए बेलुका के खाउँ ? बेलुका खाए बिहान के खाउँ ? हात मुख जोर्नै धौ धौं थियो परिवारको अबस्था । घरको कमजोर आर्थिक अबस्थाकै कारण दिदीहरुले पढ्न पाउनु भएन् । म चाहिँ जनज्योति माध्यामिक विद्यालय, फोस्रेटारमा भर्ना भए । स्कूलमा भर्ना भए पनि पढाईमा भन्दा घरकै काममा बढी ध्यान दिनुपर्दथ्यो । बुवा आमालाई सघाउनमै बढी केन्द्रित हुँदा पढाइमा कमजोर थिए । त्यसमाथि मेरो घरमा मलाई पढाईमा मद्धत गर्ने अरु कोही थिएन । म सबै कुरामा पोख्त थिएँ तर, पढाइमा भने म कमजोर थिए । कक्षा ८ सम्म जसो तसो पार लगाए । त्यस पछि मेरो पढाईले विस्तारै गति लिन थाल्यो । ०५९ सालमा एसएलसी,कक्षा ११ र १२ पनि त्यहीँबाट पार लगाए ।
१२ कक्षामा पढ्दै गर्दा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली पुगें । मेरो सर्टिफिकेट र नागरिकताको सिफारिसमा केही गडबड भएछ । मान्छेले जानी जानी गल्ती कसैले गर्दैन । प्रशासन कार्यालयमा कार्यरत नासु वा खरिदार हुन, एक कर्मचारीले मेरो सातो मात्र लिएनन् । दलित भन्दै तथानाम बोले । उनको त्यो शव्द मेरो मनमा ईख बनेर बिझ्यो । भन्छन नि ईख नभएको मान्छे र बिष नभएको सर्प काम छैन् । जिप्रकाको तिनै कर्मचारीको अप्रिय क्षणखाणसँगै मैले मनमनै अठोट लिएँको थिए म पनि यो भन्दा ठूलो मान्छे बन्छु भनेर । स्नातक तहको लागि सिन्धुली बहुमुखी क्याम्पसमा भर्ना भए । र, सोही क्याम्पसबाटै तय भए निजामती सेवाको यात्रा ।
Advertisement 3
भन्छन नि जीवनमा एक छाक खाना दिने मान्छे भन्दा प्रिय हुन्छ बाटो देखाइदिने मान्छे । सबैले कहाँ भेट्छन् र त्यस्ता व्यक्ति ? कलेज अध्ययन गर्दै गर्दा संगत हुन पुग्यो दिपेन्द्र गिरीसँग जो गाविस सचिवको रूपमा सिन्धुली आएका थिए । उनैले देखाएको बाटो हो यो । लोकसेवा आयोगको निरन्तर तयारीमा लागे । एक बर्षसम्म घरबाट बाहिर समेत ननिस्की घरको ढोका बन्द गरेर लगातार अध्ययनमा तल्लिन रहे । तिनताक लोकसेवा ट्युसन पढ्नको लागि पैसा नै कहाँ थियो र ? ६ महिनापछि लोक सेवा आयोगको फाराम खुल्यो । र फारम भरें ६६ सालमा । सफलता मिल्यो । पहिलो पटकमै समावेशी र खुला दुवैतर्फ नाम निकाल्न सफल भए ।
पहिलो पोष्टिङ भयो सोलुखुम्बुको वाकु गाविसमा । सो गाविसको सचिवको रुपमा । वाकुमा करिब ६ महिना काम गरेपछि सोही वर्षको माघमा नायब सुब्बामा नाम निकालँे । मनभरी उत्साह थियो । त्यहाँबाट पुरातत्व विभाग काठमाडौंमा काम गर्न थालें । निजामती सेवामा प्रवेश गरी पुरातत्व विभागमा सरुवा भएर काठमाडौं आइपुगेर अधिकृत पदको लागि फाराम खुलिसकेको थियो । निजामती सेवामा प्रवेश गरिसकेपछि सबैको लक्ष्य हुन्छ सचिव सम्म बन्ने । सोही लक्ष्य अनुरुप काममै व्यस्त थिए । लोकसेवा खुलिसकेको थियो । एकवर्ष फाराम नभर्ने योजनाथ्यो तर साथीहरूले कर फाराम भरे । अधिकृत बन्ने लक्ष्य थियो । हतारै हतारमा परीक्षा दिए नाम निस्कियो । यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।
२३ बर्षमा निजामती सेवामा प्रवेश गरेको थिए । अधिकृत बनेसँगै जिल्ला प्रशासन कार्यालय भोजपुरमा सहायक सीडीओको रुपमा केही समय काम गरें । त्यहाँबाट जिप्रका मोरङ सरुवा भएँ । दुई वर्ष मोरङमै काम गरेँ । दुई वटा प्रशासन कार्यालयमा रहेर काम गर्दा गृह प्रशासनको बारेमा मूलभूत कुराहरुको जानकारी लिए । त्यहाँबाट स्थानीय विकास मन्त्रालय सरुवा भएँ । स्थानीय विकास मन्त्रालयले अमरगढी नगरपालिका डडेल्धुरामा खटायो । डडेल्धुरामा कार्यकारी अधिकृतको रूपमा काम गरेपछि फेरि मन्त्रालयमै सरुवा भयो । त्यसपछि महालक्ष्मी नगरपालिका इमाडोलको प्रशासन शाखामा एक वर्ष काम गरे ।
त्यसपछि साढे २ वर्ष राष्ट्रिय दलित आयोगमा कार्यरत रहेर काम गरेँ र हाल सहसचिवको रूपमा सरकारले खटाएको क्षेत्रमा जाँदै छु । पदस्थापन भइसकेको छैन । यो भन्दा अगाडि मैले उपसचिव पदको लागि भिडेँको थिएँ । ०७४ सालमा उपसचिवको वैकल्पिकमा नाम निस्केको थियो । ०७६ सालमा संसद सचिवालयको उपसचिवको लिखित परीक्षामा नाम निस्केर पनि मौखिक परीक्षा दिन सकिन् ।
कुनै समय थियो दलितहरु उच्च वर्गहरुको नजरबन्दनमा बस्नु पर्ने । तर, समयले विस्तारै कोल्टे फेर्दै छ । अहिले समय परिवर्तनसँगै विस्तारै जातीयताका कुरा हट्दै छन् । दलित समुदायमै पनि केही व्यक्ति यस्ता छन्, जसले डटेर अघि बढेर सफलता हात पार्न सफल भएका छन् । मानबहादुर विक पहिलो दलित सचिवको रुपमा काम गरेर रिटायर्ड भइसक्नुभएको छ । सीता परियार पहिलो दलित महिला सहायक सिडियोको रुपमा अहिले भक्तपुर जिल्ला हाक्दै हुनुहुन्छ । यस्तै उपेन्द्र विक उपप्राध्यापक हुन्, सीता नेपाली सामाजिक अभियन्ता, सुरेश सुनुवार कान्छो सिडियोको रुपमा गगनसिं सुनार दलित समुदायबाट पहिलो मेयर बनेर रेकर्ड राख्नुभएको छ ।