उर्जा मन्त्रीलाई पाँच गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा (विवरणसहित)

उर्जा जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले आफ्नो प्रयोजनका लागि ५ वटा गाडी प्रयोग गर्दै आएको पाइएको छ । त्यसमध्ये तीन वटा गाडी उनको सचिवालयले प्रयोग गर्छ, बाँकी दुई गाडी उनी आफैं चढ्छिन् ।
Advertisement 1
मन्त्रालयमा मन्त्रीका लागि दुई वटा र सचिवालयका लागि भन्दै तीन वटा कार प्रयोग भइरहेको पाइएको हो । मन्त्रीले एउटा इलेक्ट्रिक गाडी प्रयोग गर्दै आइरहेकी छिन् ।
उर्जा तथा जनश्रोत मन्त्रालयले उपलव्ध गराएको विवरण अनुसार,मन्त्री भुषालले बा २ झ ४१५,बा १ झ ८८८१ नम्बरको कार प्रयोग गर्दै आइरहेकी छिन् । जसमध्ये४१५ नम्बरको कार इलेक्ट्रिक हो ।
यस्तै उनको सचिवालयले तीन वटा जिप प्रयोग गर्दै आइरहेको छ । जसअनुसार,बा २ झ ३१४२, बा २ झ ३१७९, बा २ झ १३७७ नम्बरको जीप प्रयोग भइ्रहेको उर्जा मन्त्रालयले जनाएको छ ।
Advertisement 2
यस्तै मन्त्रालयका सचिव देवेन्द्र कार्कीले २२१४ र २८४८ नम्बरको जीप प्रयोग गर्दे आइरहेका छन् । यस्तै सिंचाई सचिव सागर राईका लागि समेत एक वटा कार र अर्काे जीप फेरि फेरि चढ्दै आएकाछन् । यस्तै सात जना सहसचिवमध्ये ५ वटाले जीप र दुई जनाले कार चढिरहेका छन् । अरु १७ वटा कार उपसचिवले प्रयोग गर्दै आइरहेका छन । जसमध्ये एक वटा इलेक्ट्रिक कार रहेको छ । यस्तै २६ वटा मोटरसाइकल प्रयोग भइरहेको विवरण उपलव्ध गराइएको छ ।
Advertisement 3
मन्त्रालयले इन्धनमा कति खर्च गरेको छ सो विवरण दिन मन्त्रालयले आनाकानी गरेको छ ।