मालपोतका हाकिम ६ लाख घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु छ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ ।बाराको जितपुरमा रहेको जग्गा सरजमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटेको टोलीले खनाललाई पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
आयोगको काठमाडौँबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई अमलेखगन्जस्थित एक होटेलबाट घुसबापतको रकम लिइसकेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको हो ।
रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिश पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ ।

Advertisement 1

उनीहरूले द्रूततर गतिमा जग्गा पास गरिदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको पाइएको छ । आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले रु छ लाख घुस लिइरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित जर्गा होटलबाट पक्राउ गरिएको हो ।

उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिनुभयो । आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ ।

प्रकाशित :२०७७ फाल्गुन ९, आईतवार ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry