जोन्सन एन्ड जोन्सन बेबी पाउडर हानीकारक, वाणिज्य विभागद्धारा बिक्रीमा रोक

वाणिज्य विभागले जोनसन एण्ड जोनसनको बेबी पाउडर विक्री वितरणमा रोक लगाएको छ । पछिल्लो समय उक्त कम्पनीको बेबी पाउडरमा तोकिएकोभन्दा बढी पीएच भ्यालु भएको गुनासोमाथि अनुसन्धान गरिरहेकाले यसको विक्री वितरणमा विभागले रोक लगाएको हो ।

Advertisement 1

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘बेबी पाउडरमा मानव शरिरलाई असर पर्ने पदार्थ भेटिएको भनी विभिन्न सञ्चार माध्यममा आएको विषयलाई आधार मानी यस विभागमा उजुरी पर्न आएको र सो सम्बन्धमा यस विभागबाट आवश्यक अनुगमन, अध्ययन र अनुसन्धान गर्दा छिमेकी मुलुक भारतको बम्बई हाई कोर्टले गरेको फैसलामा जोनसन एण्ड जोनसन कम्पनीबाट उत्पादित बेबी पाउडरको ब्याच नम्बर बीर्थीआर १००४० मा तोकिएको भन्दा पीएच भ्यालु रेन्जभन्दा बढी भएकोले स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी सो ब्याचको बेबी पाउडर बिक्री वितरण नगर्न र अनसोल्ड बेबी पाउडर प्रोडक्टलाई फिर्ता ल्याउन निर्देशन दिइएको छ।’

सोही आधारमा विभागबाट विस्तृत अनुसन्धान भइरहेको हुँदा अनुसन्धान निष्कर्षमा नपुगुन्जेलसम्म उक्त ब्याचको बेबी पाउडर बिक्री वितरण नगर्न विभागले निर्देशन गरेको छ। विश्व स्वास्थ्य संगठन र अन्य संस्थाका अनुसार एसबेस्टसको सुक्ष्म तत्व मात्र प्रयोग गर्दा पनि त्यो शरीरका लागि विषालु बन्छ । त्यही विषालु तत्वले बर्षौंपछि शरीरमा क्यान्सरको रुप लिन्छ ।

Advertisement 2

जोन्सन एन्ड जोनसन बेबी पाउडरमा हानिकारक केमिकल समावेश हुने गरेको आरोप विगतमा पनि लाग्ने गरेको थियो । अमेरिकाको सेन्ट लुइस अदालतले कम्पनीको पाउडरमा क्यान्सर फैलाउने केमिकल ‘एसबेस्टस’ पाइएपछि ४ दशमलव ७ अर्ब डलर जरिवाना लगाएको थियो । यो रकम ती २२ महिला र उनीहरुको परिवारलाई दिइयो, जसले पाउडरको कारण क्यान्सर हुने दावी गरेका थिए ।

प्रकाशित :२०८० जेष्ठ १, सोमबार १०:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry